arrow

दसैं मनाउन आएका युवा राहदानी लिएर फर्किदै

logo
प्रेम राैले,
प्रकाशित २०७३ कार्तिक २ मंगलबार
passport.jpg.jpeg
बाजुरा । नेपालीको महान पर्व दशैं मनाउन घर आएका युवा युवतीहरू राहदानी फारम भरेर फर्किन थालेका छन् । शुक्रवार र आईतवार मात्र बाजुराका २६ बेरोजगार युवायुवतीले जिल्ला प्रशासन कार्यालय बाजुराबाट राहदानी फारम भरेको प्रमुख जिल्ला अधिकारी भोजराज श्रेष्ठले जानकारी दिए । 
 
प्रमुख जिल्ला अधिकारी श्रेष्ठले भने “जिल्ला प्राशान कार्यालय बाजुराबाट राहादानीको फारम भर्नेको यो संख्या दसैं तिहारसम्म बढ्दै जानसक्ने संकेत देखिएको छ ।” यस्ले देशमा बेरोजगारी बढेको बेरोजगार युवाहरु विदेशमा कामको खोजीका लागि राहदानी लिन थालेको प्रमुख जिल्ला अधिकारी भोजराज श्रेष्ठले बताए । 
 
बाजुरामा यो आर्थिक वर्षको तिन महिना यता मात्र १९ ६जनाले राहदानी लिएको प्रजिअ श्रेष्ठले वताए । जिल्लामा रहेका युवाहरु विदेशी भन्दा जिल्लामा केही व्यवसाय गर्नु उचित भएको बताए । यसरी देशका युवाहरु विदेशमा जाने हो भने देशको विकास कसले गर्ला <’  प्रमुख जिल्ला अधिकारी भने ।  
 
“यी युवालाई स्वदेशमै स्वरोजगार वनाउने नीति सरकारले लिनु पर्छ । नीजि क्षेत्रको लगानीको सुनिश्चतता जबसम्म हुदैन तबसम्म स्वदेशमै युवाले काम पाउदैनन्” उद्योग वाणिज्य महांसघ बाजुराका अध्यक्ष देववहादुर रोकायो भने । गाउँ गाउँमा उद्योाग धन्दा खोल्नु पर्छ स्वदेशमै प्रयाप्त सम्भावना छन् लगानी सुनिश्चित भए तमाम व्यवसायीले लगानी गर्न सक्छन् अध्यक्ष देव बहादुर रोकायाले भने ।  
 
राहदानी फारम भरी पासपोट आएपछि राहदानी भरेका व्यक्तिको मोवाइलमा एसएमएस मार्फत जानकारी गराउँदै आएको प्रमुख जिल्ला अधिकारी श्रेष्ठले बताए । राहदानी आएमा प्रशासनबाट पठाएको एसएमएसको सूचना पाएमा आ–आफ्नो पासपोर्ट लिन उहाले आग्रह गरे ।
 
जिल्लाबाट पत्रकारिता पेशामा संलग्न एक महिलाले समेत राहदानी फारम भरी पासपोर्ट लिएको बताईएको छ । राहदानी पासपोर्ट लिने पत्रकार आटिचौर ५ की रमा कुमारी खड्का हुन् । जिल्लाबाट पासपोट बनाउनेको संख्यामा महिलाको अन्य जिल्लाको भन्दा कम रहेको कार्यालयले जनाएको छ । बाजुरामा ६४ प्रतिशत मानिस निरपेक्ष गरीबीको रेखामा छन् । 
 
तर, देशकै पर्यटकयि क्षेत्र बडिमालिका, बुढीनन्दा, खप्तड पर्यटन क्षेत्र र बाजुराका २२ पाटनको जडिबुटि  संकलन केन्द्र निर्माण गर्न सक्नुपर्छ । बाजुराबाट बग्ने कर्णाली वुढीगंगावाट विजुली निकाल्न सके बाजुराली यी युवा यवतीले वर्षे खाडी मुलुकको घाम खानु नपर्ने सरोकारवालाहरूको बझाई रहेको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ