चितवन। काठमाडौंबाट भैरहवा जान आउँदै गरेको लु १ ख ७३९१ नं को रात्रि बस आज साँझ नारायणगढ–मुग्लिन सडकखण्डको दाहाखानी गाविस–६ को रिद्धिखोलानजिकै त्रिशूली नदीमा खस्दा नौजना गम्भीर घाइते भएका छन् ।
इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक योगेन्द्रबहादुर हमालका अनुसार १ जनाको मृत्यु भएको छ भने आठ जना गम्भीर घाइतेलाई उपचारका लागि भरतपुर पठाइएको छ । मृत्यु हुनेमा पुरुष छन् भने मृतक र घाईते कसैको पनि परिचय खुलेको छैन्।
बसको आधा भाग त्रिशूलीमा डुबेकाले अन्य यात्रु बेपत्ता भएको हुनसक्ने भन्दै नदी र दुर्घटनास्थल आसपासमा खोजी कार्य जारी रहेको उहाँले जानकारी दिनुभयो ।