arrow

कञ्चनपुरमा ८० प्रतिशत रोपाइँ

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार २९ शुक्रबार
dhan ropai asar 15.jpg

कञ्चनपुर । कञ्चनपुरमा ८० प्रतिशत रोपाइँ भएको छ । धान बाली उत्पादनको दृष्टिकोणले महत्त्वपूर्ण जिल्ला मानिने कञ्चनपुरमा मल, बीउलगायत कृषि सामग्रीका साथै सिँचाइ सुविधाको अभावले आकाशे पानीको भर पर्नुपर्ने बाध्यता रहेको छ । 

कञ्चनपुरमा असार अन्तिम सातासम्म ८० प्रतिशत रोपाइँ सकिएको कृषि ज्ञानकेन्द्र कञ्चनपुरका सूचना अधिकरी हरीदत्त जोशीले बताए ।

“समयमै वर्षा नहुँदा यसपटक केही ढिला रोपाइँ शुरु भयो, जिल्लाभर अहिलेसम्म ८० प्रतिशत रोपाइँ सकिएको छ”, उनले भने, “अहिले निरन्तर वर्षा भइरहेकाले केही दिनमै रोपाइँ सकिन्छ ।”

कञ्चनपुरको बेलौरी, पुनर्वास, भीमदत्त, वेदकोट, कृष्णपुर, शुक्लाफाँटा, बेलडाँडी, दोधाराचाँदनी, लालझाडीलगायत क्षेत्रमा गरेर ४८ हजार चार सय ९६ हेक्टर जमिनमा धानखेती गरिन्छ । कृषकले हर्दीनाथ, सुक्खाको १ देखि ४ सम्म, राधा-४, साँवा मन्सुलीलगायत उन्नत जातका बीउको प्रयोग गर्ने गरेका छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ