arrow

(अपडेट) त्रिशूलीमा बस खस्दा एकको मृत्यु, नौ गम्भीर घाइते, एक बेपत्ता

logo
प्रकाशित २०७३ कार्तिक ३ बुधबार
trishuli-bus-accident-chitwan.jpeg
चितवन । काठमाडौंबाट भैरहवा जान आउँदै गरेको लु १ ख ७३९१ नंको रात्रि बस मङ्गलबार साँझ नारायणगढ–मुग्लिन सडकखण्डको दाहाखानी–६ को रिद्धिखोलानजिकै त्रिशूली नदीमा खस्दा नौजना गम्भीर घाइते, एकको मृत्यु र एकजना बेपत्ता भएका छन् । 
 
इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक योगेन्द्रबहादुर हमालका अनुसार नौजना गम्भीर घाइतेलाई उपचारका लागि भरतपुर पठाइएको छ । 
 
मृत्यु हुनेमा करिब ३२ वर्षीय पहिचान नखुलेका एकजनाको भरतपुरतिर ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । 
 
घाइतेमध्ये आठजनाको कलेज अफ मेडिकल साइन्सेज भरतपुर र एक जनालाई राति नै थप उपचारका लागि काठमाडौँ लगिएको प्रहरीले जनाएको छ । 
 
बसमा चालक तथा सहयोगी समेतगरी जम्मा ११ जना यात्रु सवार रहेकामा एकजना बेपत्ता भएका छन् । 
 
यसैबीच, नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चण्डीभञ्ज्याङ–६ कालीखोलामा बुधबार बिहान सवा १ बजे अज्ञात सवारी साधनले ठक्कर दिँदा एक युवतीको मृत्यु भएको छ । 
 
अन्दाजी १८ वर्षीया ती युवतीको पहिचान खुल्न नसकेको र सवारीसाधनको खोजी भइरहेको प्रहरीले जनाएको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ