arrow

स्थानीयको जाँगर : वर्षातमा अवरुद्ध सडक संचालन गर्न आफैँ जुटे

logo
प्रकाशित २०७३ कार्तिक ३ बुधबार
Pachthar.jpeg.jpeg
पाँचथर । वर्षातको समयमा अवरुद्ध बनेका जिल्लाका अधिकांश ग्रामीण सडकहरु संचालनका लागि अहिले स्थानीयहरु मर्मतमा जुटेका छन् ।
 
वर्षादले अवरुद्ध बनेका ती सडकहरुको खाल्डाखुल्डी पुर्ने, ग्राभेल गर्ने तथा स्काभेटर लगाएर पहिरो, ढुंगा पन्छाउने कार्य भइरहेको छ । वर्षातका कारण गत असार देखि अवरुद्ध बनेको राँके—रवि सडकखण्ड मर्मतको काम जारी छ । 
 
मौसममा आएको सुधार र स्थानीयको मर्मतपछि सडक संचालन भएको फाक्तेपस्थित पञ्चमी बजारका विनोद आङदेम्बेले बताए । उनले भने, ‘वर्षातका कारण यो सडक झण्डै ५ महिनासम्म बन्द भयो । तर, अहिले सडक संचालन भइसकेको छ ।’
 
उनका अनुसार यसअघि पञ्चमी बजार देखि राँके हुँदै इलाम, झापा तथा काठमाडौँतर्फ जाने सवारी साधानहरुमात्रै संचालनमा थिए । यस्तै, सप्तमी बजार देखि सराङतिर जाने सडकमा समेत स्काभेटर लगाएर मोटरबाटो सफा गरिएको स्थानीय देवेन्द्र कार्कीले बताए । सो सडक पनि वर्षातका कारण बिग्रिएको थियो ।
 
उता, जिल्लाको उत्तरवर्ती गाविस जोड्ने फिदिम—फालेलुङ मोटरबोटोमा समेत स्थानीय र स्काभेटरले सफा गर्न थालेका छन् । वर्षातको समयमा नियमित सवारी साधानहरु पुग्न नसक्दा उत्तरवर्ती गाविसहरु मेमेङ, प्राङबुङ लगायतमा दैनिक उपभोग्य सामाग्रीको अभाव भएको थियो । 
 
यस्तै जिल्लाको दक्षिणी भेक रविबाट इलामको लारुम्बा हुँदै झापाको दमक, विर्तामोडसम्म चल्ने सवारी साधनहरु निर्वाध चल्न थालेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ