arrow

पाकिस्तानलाई चीनको समर्थन लगत्तै भारतलाई अमेरिकाको समर्थन

logo
प्रकाशित २०७३ कार्तिक ३ बुधबार
Barma-G-news.jpeg
काठमाडौं । ‘ब्रिक्स’ सम्मेलनको क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पाकिस्तान आतंकवादको जननी भएको खरो टिप्पणी गरेपछि चीनले सो टिप्पणीको खण्डन गर्दै पाकिस्तानको बचाउ गर्दा अमेरिकाले भारतलाई समर्थन जनाएको छ । 
 
पाकिस्तान स्वयंले पनि आतंकवादविरुद्ध लड्न ठूलो संघर्ष र त्याग गरेको र उक्त कुराको अन्तर्राष्ट्रिय समुदायले सम्मान गर्नुपर्ने बताउँदै चीन पाकिस्तानको पक्षमा उभिएको छ । 
 
भारतको पक्षमा अमेरिका उभिएको छ । पाकिस्तानको पक्षमा चीन आएलगत्तै आफ्नो पक्षमा अमेरिका देखिएपछि भारतले सास फेरेको छ । 
 
भारतका लागि अमेरिकी राजदुत रिचर्ड वर्माले भारतले सीमा नियन्त्रण रेखामा गर्ने आक्रमणमा अमेरिकाको साथ रेहेको बताउँदै आफु भारतको पक्षमा रहेको संकेत गरे । 
 
वर्माले पछिल्लो पाँच वर्ष यता आतंकवादलाई लिएर वासिंटनले पाकिस्तानलाई गर्ने सहयोग अकस्मात बन्द गरेको समेत बताएका छन् । 
 
द हिन्दुसँग कुरा गर्दै वर्माले भने, ‘भारतले गरेको कारबाही आफ्नो रक्षाको निम्ति आवश्यक थियो, जुन हामी बुझ्छौं।‘ 
 
आतंकवादी समूहबारे अमेरिकाले पाकिस्तानी नेताहरुसँग विगतमा पनि छलफल गरेको बताउँदै वर्माले त्यसर्थमा भारतसँग ऐक्यवद्धता जनाउँन महत्वपूर्ण रहेको बताए ।
    
गत सेप्टेम्बरमा उरी हमलामा १९ भारतीय सेनाको मृत्यु भएपछि भारत र पाकिस्तानबीच तनाव बढेको छ । यी दुबै मुलुक एकअर्कामा आरोप प्रत्यारोप र चर्को टिप्पणी गरिरहेका छन् । भारत र पाकिस्तानबीचको बढ्दो चिसोपनले अन्तर्राष्ट्रिय शक्तिहरुलाई समेत प्रभाव परेको छ । -एजेन्सीकाे सहयाेगमा 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ