काठमाडौँ । सशस्त्र प्रहरी बलको प्रवक्तामा सशस्त्र प्रहरी नायब महानिरीक्षक दिवाकर केसी तोकिएका छन् ।
यसअघि प्रवक्ता रहेका शैलेन्द्र खनाल सशस्त्र प्रहरी नायब महानिरीक्षकबाट अतिरिक्त प्रहरी महानिरीक्षकमा बढुवा भएपछि सो पदको जिम्मेवारी केसीले समालेका हुन् । रासस