arrow

हेरोइन जस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन २ मंगलबार
nepal-police-logo.jpg

काठमाडौं ।  चन्द्रागिरि नगरपालिका-२ स्थित चेक प्वाइन्टबाट अवैध लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४८ ग्रामसहित भारत सुपौल भगवानपुर-११ बस्ने २१ वर्षीय रोशनकुमार पासवानलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । 

प्रहरी प्रभाग नागढुङ्गा र लागुऔषध नियन्त्रण ब्यूरोबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले झापाबाट काठमाडौँतर्फ आउँदै गरेको प्र ०२-००१ ख ५५४९ नंको  बसलाई जाँच गर्ने क्रममा बसमा सवार पासवानलाई लुकाई ल्याएको उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको प्रहरी प्रधान कार्यालय, प्रहरी महानिरीक्षकको सचिवालयले जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ