arrow

संसदमा प्रधानमन्त्रीको सम्बोधन

logo
प्रकाशित २०७३ कार्तिक ३ बुधबार
dahal-ko-naya-sambodhan.jpeg
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले व्यवस्थापिका संसदमा सम्बोधन गरेका छन् । दाहालले सम्बोधन गर्दै संविधान कार्यान्वयन र संघीयता एवं स्थानीय तह पुनःसंरचना गर्ने कार्य अघि बढिरहेको सुनाएका छन् । 
 
दाहालले आफुले हाल सम्म गरेका काम तथा सम्बन्धित निकायलाई दिएका निर्देशनहरुबारे जानकारी गराएका छन् । दशैं सरकारकै कदमका कारण शान्तिपूर्ण ढंगले सम्पन्न भएको र तिहार पनि सोही अनुसार भद्र हुने दाहालले बताए । 
 
प्रधानमन्त्री दाहालले भारतको गोवामा भएको ब्रिक्स विमिस्टेक सम्मेलनमा आफुले गरेका छलफलबारे समेत सदनलाई जानकारी गराए । रेल वे, चेक पोष्ट, हुलाकी मार्ग लगायतका विषयमा कुरा भएको दाहालले जानकारी दिए । सन् २०१४ मा भएको ऊर्जा सम्झौता कार्यान्वयन र पञ्चेश्वरको प्रतिवेदनलाई अन्तिम रुप दिने विषयमा पनि ठोस कुरा भएको प्रधानमन्त्री दाहालले सुनाए । 
 
दाहालले असंलग्न राष्ट्रहरुको सम्मेलनमा नेपालकातर्फबाट उपराष्ट्रपति सहभागि भएको र नेपालले आफ्नो धारणा राखेको सुनाए । राष्ट्रसंघको महासभामा परराष्ट्रमन्त्रीले विश्व सामु नेपालको स्पस्ट दृष्टिकोण राखेको जानकारी दाहालले गराएका छन् । यस्तै, समान सुरक्षा समझ्दारीबारे पनि कुरा भएको दाहालले सुनाए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ