पाँचथर । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौड्यालले प्रधानमन्त्री पुष्पकमल दाहाललाई आफनो भनाई सच्याउँदै आफू सच्चिन आग्रह गरेका छन् ।पाँचथरको फिदिममा वुधबार नेपाल तरुण दल गरेको ६४ औ स्थापना दिवसको अवसरमा वोल्दै पौडेलले संविधान ब्यवस्था मान्दिन भनेर प्रधानमन्त्री दाहालले भन्नु लोकतन्त्रमाथि कै उपहास भएकोले दाहाललाई सच्चिन आग्रह गरे।
वरिष्ठ नेता पौडेलले भने ,“ वास्तवमा यो एउटा इमान्दार प्रधानमन्त्रीले वोल्ने भाषा होइन्,यो अभिब्यक्तिले उहाँ यो संविधानप्रति निष्ठावान हो कि होइन् उहाँ परिवर्तनपक्षमा हुनुहुन्छ कि हुनुहुन्न प्रश्न चिन्ह् खडा भएको छ ।” उनले थपे,“ प्रचण्डले जुन पूर्वाग्रह राखेर जुन हतियार उठाउनुभएको थियो,त्यसले मुलकलाई कुनै पनि योगदान गर्न सकेन त्यसले विकास होइन् विनाश मात्रै गरेको छ ।”
नेपाली जनतमाथि विश्वास गर्नुहुन्छ कि गर्नुहुन्न भन्ने प्रश्न खडा भएको भन्दै वरिष्ठ नेता पौडेलले पूर्वाग्रह त्याग्न आग्रह गरे ।यस्तै पौडेलले अव देशमा आर्थिक क्रान्ति गर्दे देशलाई समृद्द बनाउने बेला आएको वताए । मुलकलाई समुन्नत र समृद्ध बनाउन कृषि क्रान्ति,पर्यटनको विस्तार र उर्जा शक्तिमा सवैले जोड दिनुपर्ने बेला आएको उनको भनाई छ ।
यस्तै कार्यक्रमा वोल्दै पाटीमा महामन्त्री डाक्टर शसांक कोइरालाले सवै दललाई समेटेर गए मात्रै अहिलेको संविधान कार्यान्वयन गर्न सकिने धारण राखे । उनले भने ,“ आगामी ०७४ चैत्र सम्ममा तीन वटै स्थानिय निकायको निर्वाचन गरिसक्नुपर्ने वाध्यता छ,त्यसलै सवैदललाई समेट्नुको विकल्प छैन् ।” भोली देखि हुने पाटीको केन्द्रिय समितीको वैठकमा यसबारे ब्यापक छलफल चल्ने कोइरालाले वताए ।
यस्तै कार्यक्रममा पाटीका केन्द्रिय सदस्य भिष्मराज आङदेम्बे,पाँचथर पाटी जिल्ला सभापति नरेन्द्र कुमार केरुङ,इलाम पाटी जिल्ला सभापति हिमाल कर्मचार्य लगायतले आफ्नो भनाइ राखेका थिए । तरुण दलको स्थापना दिवसको अवसर पारेर आज बाट गाविस स्तरीय फुटवल प्रतियोगिताको आयोजना गरिएको छ ।