arrow

आफ्नो संसदीय दललाई भारत भ्रमणबारे प्रचण्डले के भने ?

logo
प्रकाशित २०७३ कार्तिक ३ बुधबार
maobadi-sansadiye-dal-news.jpeg
काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफ्नो भारत भ्रमणबारे पार्टीको संसदीय दललाई जानकारी गराएका छन् । 
 
पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा वुधबार बसेको बैठकमा दाहालले आफ्नो गोवा भ्रमण र समसामयिक राजनीतिक विषयमा जानकारी गराए । 
 
बैठकमा प्रधानमन्त्री दाहालले गोवाको ब्रिक्स–बिमस्टेक आउटरिच सम्मेलन सफल, उपलब्धिपूर्ण र नेपालका लागि सुखद् भएको बताए । 
 
प्रधानमन्त्रीले सम्मेलनका क्रममा भारत, चीन, भुटान, दक्षिण अफ्रिका, श्रीलंका लगायतका देशका राष्ट्र र सरकार प्रमूखहरुसँग भएका द्वीपक्षीय भेटबार्ता र बहुपक्षीय भेटका बारेमा समेत जानकारी गराए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ