arrow

गृहमन्त्रीको प्रेस सल्लाहकारमा रामजी दाहाल नियुक्त

logo
प्रकाशित २०७३ कार्तिक ३ बुधबार
ram-ji-dahal.jpeg

काठमाडौ । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिको प्रेस सल्लाहकारमा रामजी दाहाल नियुक्त भएका छन् । लामो समय पत्रकारिता क्षेत्रमा कार्यरत रहदै आएका दाहाल पद्मकन्या क्यापसमा पत्रकारिता अध्यापन समेत गर्दै आएका छन । दाहाललाई बुधवार उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले प्रेस सल्लाहकारमा नियुक्त गरेका  हुन्। 

२०५१ सालबाट राष्ट्र पुकारमा आवद्ध भएर पत्रकारिता सुरु गरेका उनले नेपालवाणी साप्ताहिकको सम्पादक, राजधानी दैनिकको मुख्य सम्वाददाता, च्यानल नेपाल, घटना र बिचार, हिमाल खवर पत्रिका तथा सगरमाथा टेलिभिजन समेतमा काम गरिसकेका छन ।

रत्नराज्य क्याम्पसबाट पत्रकारिता बिषयमा स्नातकोत्तरसम्म अध्ययन गरेका दाहाल नेपाल पत्रकार महांसघको पूर्व केन्द्रीय सदस्य तथा पूर्व सचिव समेत भैसकेका छन् । हाल उनी शिक्षक मासिक पत्रिकाका कार्यकारी सम्पादक समेत हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ