arrow

नयाँ शक्तिको केन्द्रीय कार्यालयमा कार्यविभाजन हेरफेर

logo
प्रकाशित २०७३ कार्तिक ३ बुधबार
nayasakti-flg.jpg.jpeg
काठमाडौं । नयाँ शक्ति पार्टी, नेपालको केन्द्रीय कार्यालयको कार्यविभाजन हेरफेर भएको छ । वुधबार बसेको विशेष राजनीतिक समितिले नयाँ कार्यविभाजन गरेको हो । बैठकले प्रशान्त सिंहलाई संयोजक बाबुराम भट्टराईको प्रमुख रणनीतिक सल्लाहकारमा नियुक्त गरेको छ । 
 
त्यसैगरी बैठकले केन्द्रीय कार्यालयको संयोजकमा केशवमान शाक्य र सह–संयोजकमा प्रह्लाद लामिछानेलाई जिम्मेवारी दिएको छ । त्यस्तै विद्यार्थी संगठनको उत्प्रेरकको जिम्मेवारी राजु नेपाललाई दिइएको छ ।
 
प्रमुख रणनीतिक सल्लाहकारमा नियुक्त भएका सिंह हार्वड विश्वविद्यालय, अक्सफोर्ड विश्वविद्यालय लगायतका प्रतिष्ठित विश्वविद्यालय र प्रतिष्ठानहरुबाट प्रशिक्षित भएका व्यक्ति हुन् । उनले यसअघि नै नेपाल पर्यटन बोर्डको निर्देशक, विश्व बन्यजन्तु कोष, नेपालको निर्देशक लगायतका पदहरुमा रहेर कार्य गरिसकेका छन् । 
 
त्यसैगरी केन्द्रीय कार्यालय संयोजक शाक्य पूर्व विज्ञान प्रविधि तथा वातावरण मन्त्री हुन् भने, उनले धेरै प्रतिष्ठित संस्थाहरुमा कार्यकारी पदमा रहेर काम गरिसकेका छन् । 
 
केन्द्रीय कार्यालय सह–संयोजक लामिछाने पूर्वसभासद् हुन् । उनी नयाँ शक्ति पार्टी, नेपालको मकवानपुर जिल्ला संयोजक पनि रहिसकेका छन् । उनले विभिन्न व्यवस्थापकीय जिम्मेवारीमा रहेर काम गरेको अनुभव छ । यस्तै, बैठकले मंसिर ५ गतेदेखि हुने केन्द्रीय कार्यकारी समितिको बैठकको लागि विभिन्न कार्ययोजना निर्माण कार्यदलहरु गठन गठन गरेको छ । 
 
कार्ययोजना निर्माण कार्यदलहरु गठन
 
१. वैचारिक–राजनीतिक तथा साँस्कृतिक अभियान कार्ययोजना
संयोजक : डम्बर खतिवडा
सदस्यहरु : खिमलाल देवकोटा, करिष्मा मानन्धर, अमरध्वज लामा
 
२‍. संगठन निर्माण तथा विस्तार कार्ययोजना
संयोजक : देवेन्द्र पौडेल
सदस्यहरु : केशव दाहाल, रामकुमार शर्मा, कल्पना धमला, पासाङ शेर्पा, कुमार पौडेल, देवराज भारद्वाज
 
३. राष्ट्रिय तथा सामाजिक अभियान कार्ययोजना
संयोजक : गंगा श्रेष्ठ
सदस्यहरु : देवेन्द्र पराजुली, रामरिझन यादव, ऋषभदेव भट्टराई, लिली थापा, दुर्गा न्यौपाने, सावित्री लामा, दीपक भट्टराई
 
४. आर्थिक स्रोत परिचालन तथा व्यवस्थापन कार्ययोजना
संयोजक : रामेश्वर खनाल
सदस्यहरु : प्रशान्त सिंह, नवराज सुवेदी, सुनिल खड्का
 
५. उत्पादन तथा रोजगाररस्वरोजगार कार्ययोजना
संयोजक : केशवमान शाक्य
सदस्यहरु : लक्ष्मीप्रसाद देवकोटा, जनकराज शाह, प्रदीपमान तुलाचन, प्रेम तामाङ
 
६. केन्द्रीय अनुगमन कार्यदल
संयोजक : वामदेव क्षेत्री
सदस्यहरु : सविना अर्याल, अशोक श्रेष्ठ, नाथुप्रसाद चौधरी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ