arrow

दुई सातादेखि विद्युत् अवरुद्ध

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन ७ आइतबार
electricity-bulb.JPG

मुगु । मुगुमा करिब दुई सातादेखि विद्युत् सेवा अवरुद्ध हुँदा जनजीवन प्रभावित भएको छ ।  

विद्युत् सेवा अवरुद्ध भएपछि जिल्लाको एकमात्र नगरपालिका छायाँनाथ रारा नगरपालिकाको पाँच हजार घरधुरीका २६ हजार परिवार साथै यहाँ रहेका सरकारी तथा गैरसरकारी सङ्घसंस्था प्रभावित भएका हुन् ।

गत असार २७ गतेदेखि गमगाढ साना जलविद्युत् आयोजनको मुहानमा समस्या आउँदा विद्युत् सेवा ठप्प भएको हो । अहिले जिल्ला  सदरमुकाम गमगढीलगायत आसपासका ८७ बस्ती अन्धकारमा छन् ।

विसं २०६८ मा स्थापना भएको सो आयोजनामा पटक–पटक समस्या आउने गरेको छ । यसका कारण मुगुका तीन हजार एक सय घरधुरी  प्रत्यक्ष मारमा परेका छन् । 

विद्युत् नहुँदा सरकारी कामकाजका साथै बैंक तथा वित्तीय संस्थाको सेवा प्रवाहमा बाधा पुगेको राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय मुगुका सहायक प्रबन्धक प्रकाश भाम बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ