कम्युनिष्ट पार्टी एकतामा हरेस खानु हुँदैन : माधव नेपाल [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८० साउन ७ आइतबार
879
Shares
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कम्युनिष्ट पार्टी एकतामा हरेस खान नहुने बताएका छन् ।
नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको ४५औं स्मृति दिवसका अवसरमा आइतबार कीर्तिपुरमा आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले कम्युनिष्टहरु मिल्न सक्ने, सहकार्य गर्न सक्नेहरुबीच एकता गरेर अघि बढ्नुपर्ने बताए ।
कम्युनिष्टहरु मिलाउन सकेमा शक्ति आर्जन गर्न सकिने बताउँदै उनले विभाजितले कम्युनिष्टहरुलाई नै नोक्सान हुने बताए ।