arrow

भारतीय राष्ट्रपतिको भ्रमणमा नगरको सौन्दर्यकरण

logo
प्रकाशित २०७३ कार्तिक ४ बिहिबार
janakpurdham.jpeg
जनकपुरधाम । आसन्न भारतीय राष्ट्रपति प्रणव मुखर्जीको जनकपुरको भ्रमण सन्दर्भमा नगरको सौन्दर्यकरण गर्ने कार्य सुरु भएको छ । 
 
प्रमुख जिल्ला अधिकारी दिलीपकुमार चापागाईंका अनुसार भारतीय राष्ट्रपतिको जनकपुर भ्रमणलाई भव्य र सौहार्दपूर्ण ढङ्गले सफल बनाउन विभिन्न गृहकार्य भइरहेको छ । 
 
भारतीय राष्ट्रपति मुखर्जीको जानकी मन्दिरमा पूजाअर्चना र सहिद पथ ९जनकपुर–यदुकोहा हुलाकी सडकको शिलान्यास गर्ने कार्यक्रम रहेको छ । 
 
सो अवसरमा मुखर्जीलाई जनकपुर उपमहानगरपालिकाद्वारा नागरिक अभिनन्दन, मिथिलाको संस्कृतिअनुसार स्वागत र मिथिला संस्कृतिको प्रदर्शन गरिने कार्यक्रम पनि रहेको छ । 
 
भारतीय राष्ट्रपतिको यही कात्तिक १९ गते हुने जनकपुर भ्रमणलाई ध्यानमा राख्दै नेपाल र भारतका सुरक्षा अधिकारीबीच सुरक्षा रणनीतिबारे छलफल भइरहेको जानकारी दिँदै प्रजिअ चापागाईंले राष्ट्रपति मुखर्जीलाई जानकी मन्दिर परिसरमै नागरिक अभिनन्दन गरिने र सडक शिलान्यास हुने स्थलसम्म सरसफाइ, सडक स्तरोन्नति र स्वागतद्वार निर्माणका कार्ययोजना तय गरिएको बताए । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ