arrow

चिनियाँ नेतासँग देउवाको भेट

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन ९ मंगलबार
sher-bahadur-deuba.jpg.jpeg

काठमाडौं ।  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टीका केन्द्रीय राजनीतिक ब्यूरो सदस्य तथा चोङकिङ नगर कमिटीका सचिव युआन च्या च्युनबीच भेटवार्ता भएको छ ।
 
काठमाडौँमा सोमबार भएको भेटमा उनीहरूबीच दुई देशको द्विपक्षीय सम्बन्ध, आर्थिक, व्यापारिक, राजनीतिक, सामाजिक सहयोग आदानप्रदानलगायतका विषयमा छलफल भएको सभापति देउवाको सचिवालयले जनाएको छ ।
 
चिनियाँ कम्युनिष्ट पार्टीका पोलिटब्यूरो सदस्य युआन तीनदिने नेपाल भ्रमणका लागि आइतबार नेपाल आइएका हुन् । 

यसअघि उनले आइतबार राष्ट्रपति रामचन्द्र पौडेल, कार्यवाहक प्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर ख्डका, उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग भेटवार्ता गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ