arrow

सुस्त इन्टरनेटको कथा

कछुवा गतिको इन्टरनेटले मुगाली समस्यामा

logo
नृपेन्द्र बहादुर मल्ल,
प्रकाशित २०८० साउन ९ मंगलबार
mugi-telicom.JPG

मुगु । नेपाल टेलिकम मार्फत वितरित विभिन्न गतिका इन्टरनेट सेवाहरू कछुवा गतिले चलि दिँदा सेवाग्रहीहरुले आफूहरू टेलिकमबाट ठगिएको महसुस गरेका छन् ।

जिल्ला सदरमुकाम गमगढी वरिपरिका ग्राहकलाई लक्षित गरि टेलिकमले प्रदान गरेको फोरजी,थ्रीजी र एडीएसएल इन्टरनेट सेवा कछुवा गतिमा चलेको लामो समय भइसक्दा पनि टेलिकमले सुधारमा कुनै चासो नदिएपछि ग्राहकहरूले आफूहरू इन्टरनेटको नाममा ठगिएको बताएका हुन ।

फोरजी र थ्रीजी भन्दा एडीएसएलको गति केही छिटो भए पनि दुवै जीको गति सुस्त हुँदा डाटा लिएर इन्टरनेटजन्य काम गदै आएका ग्राहकहरू लामो समय देखि मारमा परेका छन् ।

मोबाइलमा फोरजी देखाउँछ आश लाग्छ डाटा लियो चल्दैन तर पैसा काटी हाल्छ फरजी डाटा २०-२५ केवीपीएस गतिमा चल्छ यो गतिले कार्यालयका कुनै पनि काम गर्न मिल्दैन,गमगढीमा रहेको टेलिकमको कार्यालयमा गुनासो जति गरे पनि सुनुवाइ नभएको शिखर ईन्स्युरेन्स मुगु शाखाका कर्मचारी लोकेन्द्र भण्डारी बताउँछन् । 

छायाँनाथ रारा नगरपालिका वडा नं १ का स्थानीय पेशाले शिक्षक रहेका मोहन कुमार मल्लको गुनासो पनि लोकेन्द्र भण्डारीको भन्दा फरक छैन । उनी भन्छन्,'आफ्नो गाउँ तथा कार्यरत विद्यालयमा लेण्डलाईन र एडीएसएल सेवा छैन त्यसैले आफुले विद्यालय तथा घरमा इन्टरनेटजन्य काम गर्दा डाटा लिएर गर्ने गरेको छु । ३-४ महिना पहिलो इन्टरनेटको गति ठिकै थियो । फोरजीले काम नगरेर थ्रीजीमा लिएर थ्रीजीले काम नगरे फोरजीमा मोबाइलको डाटा नेटवर्कमा बदले सामान्य काम गथ्यो तर अहिले जुन जीमा बदले पनि काम गर्दैन ।' टेलिकमको सजिलो प्रिपेड डाटा लिएर दैनिक २ जीवी आउने २८ दिन प्रयोग अवधिको डाटा प्याक लिई इन्टरनेटजन्य काम गदै आफू आएको पनि उनले बताए ।

'घरमा एडीएसएल जोडेको छु, विद्युत् प्राधिकरणबाट वितरित विद्युत् नियमित नहुने भएपछि इन्टरनेटजन्य काम गर्न नियमित मोबाइलमा डाटा लिने गर्थे लामो समय भयो डाटाले पनि राम्रो काम गरेको छैन आफ्नो उपस्थिति मात्र देखाएको छ । देशका अन्य ठाउँमा फोरजी कस्तो चल्छ थाहा भएन तर मुगुको सन्दर्भमा फोरजी होइन की फोहर जी जस्तै छ इन्टरनेट गति ।' 

नेपाल पत्रकार महासङ्घ मुगु शाखाका संस्थापक अध्यक्ष विनोद कुमार मल्ल भन्छन्,' विश्व इन्टरनेटको गतिमा सिक्सजी सम्म पुगी सके हामी थ्रीजी,फोरजी कै गतिलो नेट पाएका छैनौ ।' उनी शङ्का गर्छन् कतै टेलिकमले फोरजी भनेर टुजी गतिको नेट त वितरण गरेको छैन कि टेलिकम ठगिएको छ कि टेलिकमले हामीलाई ठगेको छ,दुर्गममा वितरित नेटको गति बारे नियमन निकायले छानबिन गर्नुपर्छ । 

भण्डारी र मल्ल द्वयको जस्तै पिडा टेलिकमका ग्राहकहरूले तीन महिना यताबाट भोग्दै आएका छन् । नेट चलाउनका लागी डाटा लिन्छन् तर काम गर्दैन पैसा काटी हाल्छ । डाटा गति सुस्त हुँदा विद्यार्थी,शिक्षक,विभिन्न परीक्षाको तयारी कक्षा पढ्ने र सन्दर्भ सामग्रीहरू गुगलमा खोज्ने व्यक्तिहरू बढी प्रभावित भएका छन् । 

सरकारले हात हातमा मोबाइल घरघरमा इन्टरनेटको नारा लिएर गाउँ गाउँ कुना कुनामा मोबाइल टावर राखी टेलि सेवा मार्फत फोन र इन्टरनेट सेवा दिए पनि नेटको गति फोनको गुणस्तर बारे नियमन नहुँदा ग्रामीण तथा दुर्गम क्षेत्रका बासिन्दा यी सेवाका नाममा ठगिँदै आएका छन् भने सरकारका नारा नारामा सीमित हुने गरेका छन् ।

मुगुमा लामो समय देखिको इन्टरनेटको गतिमा देखिएको समस्या बारे नेपाल टेलिकम क्षेत्रीय कार्यालय सुर्खेतका प्रमुख उमेश शाहलाई बुझ्दा ग्राहक अधिक भएको र ट्राफिक जाम हुँदा इन्टरनेटको गतिमा समस्या आएको स्वीकारे । उनले भने, 'मुगुमा दुई तीन महिनाबाट देखिएको समस्या बारे के हो कसरी समाधान गर्न सकिन्छ आफुले मुगु कार्यालय र केन्द्र सँग समन्वय गरि समाधानका लागी पहल गर्नेछु ।'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ