arrow

दुई हिन्दू संगठनहरुको भीडन्त सुरु, एकमा राष्ट्रपति अर्कोमा पूर्व राजा

logo
प्रकाशित २०७३ कार्तिक ४ बिहिबार
काठमाडौं । हिन्दू राज्यलाई पुनस्र्थापना गर्न माग गर्दै राजधानीमा बिहीबार दुई हिन्दूबादी संगठनहरूको बृहद् भेला अर्थात् महासम्मेलन सुरु भएको छ ।  
 
काठमाडौंको वनकालीमा बिहीबार बिहान ११ बजे विश्व हिन्दू महासंघ अन्तराष्ट्रिय समितिको आयोजनामा विराट हिन्दू महासम्मेलन सुरू हुँदैछ । तीन दिने सो महासम्मेलनको पूर्व राजा ज्ञानेन्द्र शाहले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । त्यसका लागि ज्ञानेन्द्रको जाने तयारी भइसकेको छ । 
 
उक्त महासम्मेलनको मुख्य उद्देश्य नै हिन्दूराष्ट्र पुनस्र्थापना रहेको आयोजकले जनाएको छ । 
 
 
उता, बिहीबार नै काठमाडौंको खुल्लामञ्चमा अन्तराष्ट्रिय सनातन वैदिक आर्य महासम्मेलनको पनि आयोजना हुँदैछ । यो महासम्मेलनको तयारी पनि तीव्र भएको छ । १२ बजे राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने कार्यक्रम छ । 
 
 
तीन दिने कार्यक्रमको पहिलो दिन उद्घाटन र आरती हुनेछ भने दोस्रो दिन बिहानी सत्रमा संस्कृत सम्मेलन, दोस्रो सत्रमा महिला सम्मेलन र तेस्रोमा सत्रमा युवा सम्मेलन हुँदैछ । 
 
 
तेस्रो दिन समग्र देशभरि वेद अनिवार्य पठनपाठनको व्यवस्था गर्न के गर्न सकिन्छ भनी छलफल चल्नेछ । यसमा २५ वटै देशबाट आएका प्रतिनिधिले सहभागीता जनाउने नेपाल आर्य समाजका अध्यक्ष कमलाकान्त पोखरेल (आत्रेय)ले जानकारी दिए । 
 
उक्त सम्मेलनले भने वैदिक धर्म पुनर्स्थना गरी वैदिक बाङ्मयको विकास तथा हिन्दू राष्ट्र पुनस्र्थापनाको लागि दबाब दिने उद्देश्य बोकेको बताइएको छ । 
 
संयोगवश एउटै उद्धेश्य लिएर दुवै कार्यक्रम एकै दिन परेको छ । दुवै आयोजकले भने कार्यक्रम जुधाएको भन्दै आरोप प्रत्यारोप लगाएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ