arrow

स्रोत नखुलेको ४८ लाखसहित एक व्यक्ति पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन १० बुधबार
srot-rakam.JPG

कपिलवस्तु ।  कपिलवस्तु नगरपालिका वडा नम्बर १ स्थित नयाँ टोल चोकबाट स्रोत नखुलेको ४८ लाख नगद सहित एक व्यक्ति पक्राउ परेका छन् । 

मंगलवार साँझ सवा ६ बजेतिर नित्यानन्द बर्माको भाडाको घरबाट सुनिल गुप्तालाई सो रकम सहित प्रहरीले पक्राउ गरेको हो । 

गोप्य सूचनाको आधारमा १४ लाख ९८ हजार  हजार १२० रुपैयाँ भारतीय रुपैयाँ र अरू  नेपाली रुपैयाँ सहित गुप्ता पक्राउ परेका हुन । 

गुप्ताले अवैध भारतीय रुपैयाँको कारोबार गर्ने गरेको गोप्य सूचनाको आधारमा छापा हानी प्रहरीले सो अवैध रकम सहित उनलाई पक्राउ गरेको जनाएको छ । 

पक्राउ परेका  गुप्तालाई सो रकम सहित राजस्व अनुसन्धान कार्यालय बुटवलमा बुझाइने प्रहरी उपरीक्षक प्रेम बहादुर बस्नेतले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ