arrow

अकस्मात संसद् बैठक आईतबारसम्मको लागि स्थगित

logo
प्रकाशित २०७३ कार्तिक ४ बिहिबार
parlinment-CA-BICC.jpeg
काठमाडौं । व्यवस्थापिका संसद्को बिहीबार बस्ने भनिएको बैठक आईतबारसम्मको लागि स्थगित भएको छ । बिहीबार दिउँसो १ बजेको लागि बोलाईएको बैठक सूचना ताँस गरी आईतबारसम्मको लागि स्थगित गरिएको व्यवस्थापिका संसद्का सचिवालयका सहसचिव हिमलाल सुवेदीले
जानकारी दिए । 
 
बिहीबारको कार्यतालिकामा अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्की विरूद्ध परेको महाभियोग प्रस्ताव माथि छलफल गर्ने कार्य तालिका राखिएको थियो । 
 
तर यसरी अकस्मात् बैठक स्थगित भएको भएपनि के कारणले बैठक स्थगित गरियो भन्ने विषयमा भने सूचनामा केही पनि उल्लेख गरिएको छैन । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ