arrow

मोहनविक्रम पनि लोकमानविरुद्ध : 'मैले नियुक्तिमै आपत्ति जनाएको थिँए'

logo
प्रकाशित २०७३ कार्तिक ४ बिहिबार
mohan-bikran-news-a.jpeg
काठमाडौं । मोहनविक्रम सिंहको राष्ट्रिय जनमोर्चा समेत अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्की विरुद्ध उभिएको छ । 
 
नेकपा मसालको खुल्ला सङ्गठन राष्ट्रिय जनमोर्चाले महाभियोग प्रस्तावको स्वागत गर्दै पक्षमा मतदान गर्ने उल्लेख गरेको छ । 
 
मसालका महामन्त्री मोहनविक्रम सिंहले विहिबार विज्ञप्ति प्रकाशित गरी आफूले कार्कीको नियुक्तिमै असहमति जनाएको उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘ कार्कीको नियुक्तिमै मेरो असहमति थियो ।’
 
२०१० साल देखि निरन्तर नेपाली कम्युनिष्ट आन्दोलनमा रहेका मोहनविक्रम पछिल्लो राजनीतिक विकास क्रमको खुला बहसमा छैनन् । यद्यपि, उनले सार्वजनिक महत्वका विषयमा कँही कतै टिप्पणी भने गरेको सुनिन्छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ