arrow

चार जना ठेकेदारको मुद्दा फिर्ता लियो भने महाअभियोग प्रस्ताव तुहिन्छ : कर्ण

logo
प्रकाशित २०७३ कार्तिक ४ बिहिबार
laxman-lal-karna.jpg.jpeg
काठमाडौं । मधेशी मोर्चाका नेता लक्ष्मणलाल कर्णले प्रमुख पार्टीका चार ठेकेदारको मुद्दा हट्यो भने अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीलाई लगाइएको महाअभियोग प्रस्ताव तुहिने ठोकुवा गरेका छन् ।  
 
बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै सद्भावना पार्टीका सह–अध्यक्ष कर्णले महाअभियोग समिति गठन गर्दा पनि काँग्रेस, एमाले, नेकपा माओवादी केन्द्रले ठेकेदारी देखाएको अरोप लगाउँदै भने,‘अरु दल छैन, यो देशमा, यी चार पार्टीले जे चाह्यो त्यही हुने ? यो कस्तो ठेकेदारी हो ?’ कर्णले यसअघि पनि सुशासन समिति गठन गर्दा यस्तै दादागिरी प्रमुख दलहरुले गरेको गुनासो पोखे । 
 
उनले दिनभरि संसदमा सुत्नेहरु भ्रष्टाचार होईनन र भन्दै प्रश्न समेत गरे । संविधानको दुहाई दिएर आयोगलाई पंगु बनाउने काम भएको समेत उनको गुनासो थियो । मधेशी मोर्चा र काँग्रेस–माओवादी केन्द्रवीच भएको तीन बुँदे सहमति कार्यान्वयनतर्फ उन्मुख भएपनि सरकारले महत्वपूर्ण काममा अहिलेसम्म प्रवेश नै नगरेको कर्णले आरोप लगाए । संविधान संशोधनमार्फत आफ्ना मुद्दाहरुको सम्बोधन नभएसम्म संविधान कार्यान्वयन हुन नसक्ने उनको भनाई थियो । 
 
कर्णले सरकारले मोर्चासँग बसेर संविधान संशोधनको विषयमा साझा धारणा बनाएपछि मात्रै अन्य पार्टीसँग त्यसबारेमा छलफल हुनुपर्नेमा अहिले सरकारले एमालेलाई देखाएर नाटक मञ्चन गरिरहेको समेत आरोप लगाए । उनले थपे,‘अहिले सरकारले बहानाबाजी गरिरहेको छ, यो बहानाले चल्दैन ।’
 
उनले मोर्चाले सरकारको ढिलासुस्तीबारे जनतालई सुसुचित बनाईराखेको बताउँदै छठसम्म पनि कुनै प्रक्रिया अघि नबढे संघर्षमा उत्रिने मोर्चाको तयारी रहेको बताए । यद्धपी उनले प्रधानमन्त्री प्रचण्डले हिजो संसदमा सम्बोधन गर्दा छठसम्म मोर्चालाई पर्खिन आग्रह गरेकोले आफूहरु त्यही अनुसारको तयारीमा रहेको समेत जिकिर गरे । 
कार्यक्रममा नेपाली काँग्रेसका सांसद तथा महाअभियोग समितिका सदस्य दिपक कुईकेलले प्रस्ताव परिपक्व हुन समय लाग्ने बताए । उनले लोकतन्त्रमा लहडका भरमा कुद्न नहुने समेत तर्क गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ