arrow

महाअभियोगबारे कांग्रेसमा छलफलै भएको छैन : साउद, एमालेले जुनसुकै कसरत गर्छ : ज्ञवाली

logo
प्रकाशित २०७३ कार्तिक ४ बिहिबार
karnagyawali.jpeg
सत्तारुढ दल नेपाली काँग्रेसका नेता एनपी साउदले अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउनेबारेमा आफ्नो पार्टीले अहिलेसम्म कुनै छलफल नै नगरेको स्पष्ट पारेका छन् ।
 
बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता साउदले कार्कीलाई महाअभियोग लगाउनेबारेमा पार्टीभित्र अहिले छलफल पनि नभएको र अहिले दर्ता भएको प्रस्तावमा कुनै संलग्नता नै नरहेको स्पष्ट पारे । उनले अघि थपे,‘महाअभियोगबारेमा अहिलेसम्म नीतिगत तथा संस्थागत निर्णय भएको छैन, हामी औपचारिक रुपमा छलफल गरेरमात्रै यसबारेमा निर्णय गर्छौं ।’
 
साक्षात्कारमा बोल्दै नेता साउदले आजबाट सुरु भएको केन्द्रिय समितिको बैठकमा यो विषय एजेण्डा नभएपनि यसबारेमा समेत अनौपचारिक छलफल हुने बताए । उनले अघि थपे,‘महाअभियोगको विषय भनेको संसदको स्वामित्को विषय हो ।’
 
उनले संविधान संशोधन गर्दै यसको सर्वस्विकार्यताका लागि सबै पक्षसँग वार्ता तथा छलफल भैरहेकोले यसबारेमा समेत पाटीलै चाँडै आधिकारिक धारणा सार्वजनिक गर्ने जनाए । साउदले थपे,‘आजबाट चलेको केन्द्रिय समितिको बैठकले संविधान संशोधनको बारेमा समेत साझा धाराणा बनाउँछ ।’ उनले प्रदेशको सिमांकनको विवाद टुँगो लगाउने, नागरिकताको विषय र समावेशिताको विषयमा समेत सकारात्मक रुपमा छलफल गर्दै धारणा बाहिर ल्याउने बताए ।
 
त्यस्तै नेकपा एमालेका सचिव प्रदिप ज्ञवालीले अख्तियार प्रमुख कार्कीको विरुद्धमा आएको महाअभियोग प्रस्ताव स्वागतयोग्य भएकोले यसलाई निश्कर्षमा पुर्याउन आफ्नो पार्टीले पूर्ण रुपमा सहयोग गर्ने स्पष्ट पारे । उनले अघि थपे,‘यो प्रस्तावलाई किनारा लगाउनुपर्छ, यसको लागि एमलेले साथ दिन्छ ।’
 
अख्तियार प्रमुखको नियुक्तीलाई लिएर आफ्नो पार्टीले सुरुवातदेखि नै विरोध गरेको उल्लेख गर्दै सचिव ज्ञवालीले भने,‘लोकमानको नियुक्ती नै कानूनसम्मत् थिएन, जनआन्दोलन दबाउने र परिवर्तन आत्मसात् गर्न नसक्ने व्यक्ति कसरी अख्तियार प्रमुख बन्न सक्छन्, उनको योग्यता नै पुग्दैन्थ्यो ।’
 
उनले कार्कीले पूर्वाग्रही राखेर काम गरेको, भ्रष्टाचारीहरुलाई उल्टै संरक्षण गरेको र लोकतन्त्रलाई लोकमानतन्त्र बनाउन खोजेको आरोप लगाउँदै भने,‘कार्कीले आतंक मच्चाएका थिए, उनको नियुक्तीको विरोध गरेकै आधारमा शम्भु थापा र कनकमणि दिक्षितलाई मुधा चलाईयो, यो कस्तो पूर्वाग्रही थियो ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ