arrow

भारतीय दुतावासद्धारा इन्द्र कमल प्रतिष्ठानलाई एम्बुलेन्स प्रदान

logo
प्रकाशित २०७३ कार्तिक ४ बिहिबार
ambulance.jpeg

पथरी । इन्द्र–कमल प्रतिष्ठानलाई भारतीय दुतावासले आफ्नो ७० औ स्वतन्त्रता दिवसको अवसरमा एम्बुलेन्स प्रदान गरेको छ ।

सो बाहन पथरी सनिश्चरे मोरङमा रहेको प्रतिष्ठानले केही दिनमा सञ्चालनमा ल्याइने तयारी गरेको संस्थाकी अध्यक्ष कमला दाहाल बास्कोटाले बताइन ।

प्रतिष्ठान अध्यक्ष बास्कोटाका अनुसार संस्थाको नाममा अस्पताल निर्माण गर्ने, यसका लागि छुट्टै जमिन खरिद गरेर भवन निर्माण गर्ने जस्ता कार्यहरु अघि बढाएको बताइन । साथै उनले  स्थानीय रूपमा इन्द्र–कमलका नाऊमा पाटी–पौवा र मठ–मन्दिर बनाउने, बृक्षारोपण गर्ने जस्ता उदेश्य राखेर केही वर्ष अधि देखि संस्था क्रियाशिल रहेको बताइन् ।  

साथै आश्विन २३ गते सम्पन्न पहिलो साधारण–सभाबाट कमला दाहाल बास्कोटाको अध्यक्षता ११ सदस्यीय नयाँ कार्यसमिति समेत चयन गरिएको छ  । प्रतिष्ठानको उपाध्यक्ष शारदा सुवेदी, सचिव कृष्ण प्रसाद कोइराला, कोषाध्यक्ष शिला दङ्गाल रहेका छन् भने सदस्यहरूमा नारायण प्रसाद कोइराला, विष्णुलाल गौतम, कुलप्रसाद दाहाल, उर्मिला थापा, हरि सुवेदी, शान्ता निरौला र शागर गौतम चयन भएका छन् ।

संस्थाका संस्थापक युवराज बास्कोटा ‘यज्ञ'ले यस संस्थाले पथरी क्षेत्रको बिकासको लागि दिल ज्यान दिएर काम गर्ने बताए ।   

आगामी दिनमा स्वास्थ्य जागरण शिविर सञ्चालन गर्ने र २०७३ फागुनभित्रमा संस्थाको नाममा एउटा शव–बाहन समेत ल्याउने तयारीमा प्रतिष्ठान जुटिरहेको उपाध्यक्ष सुवेदीले बताइन् । सो कार्यक्रममा प्रमुख अतिथिको रूपमा कमलप्रसाद बास्कोटा र इन्द्रमाया बास्कोटा समेतको उपस्थिति रहेको थियो ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ