arrow

माओवादी केन्द्रको बैठक : यस्तो निकाल्यो निस्कर्ष ?

logo
प्रकाशित २०७३ कार्तिक ४ बिहिबार
mao-center-news-aa.jpeg
काठमाडौं ।  माओवादी केन्द्रको केन्द्रीय कार्यालयको बैठकले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरेको तीन दिने गोवा भ्रमण सफल र फलदायी भएको निष्कर्ष निकालेको छ ।
 
विहीबार विहान दाहालको निजी निवास लाजिम्पाटमा बसेको बैठकले भ्रमण सफल र फलदायी भएको निष्कर्ष निकालेको हो । बैठकका निर्णयबारे जानकारी दिँदै पार्टी प्रवक्ता पम्फा भुसालले भनिन्, ‘आजको बैठकमा पार्टी अध्यक्ष तथा सम्माननीय प्रधानमन्त्रीज्यूले आफ्नो गोवा भ्रमणबारे जानकारी गराउनु भयो । चीन, भारत, भुटान, श्रीलंका लगायतका देशका राष्ट्र तथा सरकार प्रमूखहरुसँगको भेटबारे प्रधानमन्त्रीले बैठकलाई जानकारी गराउनु भयो । सबैसँग भएका छलफल र भेटवार्ता निकै फलदायी र सकारात्मक रहेको निष्कर्ष बैठकले निकालेको छ ।’
 
प्रवक्ता भुसालले नेपाल विमिस्टेकको अध्यक्ष हुनुको नाताले पनि अन्तर्राष्ट्रिय फोरममा आफ्ना कुरा प्रभावकारी ढंगले राख्ने अवसर मिलेको जानकारी दिँदै नेपाल, भारत र चीनका राष्ट्र र सरकार प्रमुखबीच भएको त्रिपक्षीय आकस्मिक भएपनि नेपालका लागि सुखद् संयोग र महत्वपूर्ण अवसर भएको बैठकले निष्कर्ष निकालेको छ ।
 
बैठकले त्रीदेशीय साझेदारीबारे नेपालले राखेको प्रस्ताव दुरगामी महत्वको भन्दै समग्रमा प्रधानमन्त्रीको भ्रमण सफल र फलदायी भएको निष्कर्ष निकालेको हो । फरक प्रसङ्गमा प्रवक्ता भुसालले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावबारे सत्ता साझेदार नेपाली कांग्रेससँग छलफल गरेर आवश्यक निर्णय लिने जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ