arrow

प्रहरीमा चार दिनमा दुई सय ८६ को बढुवा सिफारिस

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन १२ शुक्रबार
nepal-police12.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । नेपाल प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीको प्रशासन तथा प्राविधिक समूहका विभिन्न उप-समूहतर्फका विभिन्न दर्जाहरूमा गरी जम्मा दुई सय ८६ जनाको बढुवा सिफारिस सूची प्रकाशन गरेको छ । 

यही साउन ४ देखि ७ गतेसम्म चार दिनको छोटो अवधिमा जनपद समूहतर्फका २ वटा पद र प्राविधिक तर्फका विभिन्न २२ वटा पद गरी जम्मा २४ वटा पदमा दुई सय ८६ जनाको बढुवाका लागि सिफारिस सूची प्रकाशन गरिएको जनाएको छ ।

नेपाल प्रहरीले प्रहरी कर्मचारीहरूको जेष्ठता,उत्कृष्टता, कार्यक्षमता मूल्याङ्कन, भौगोलिक क्षेत्रमा काम गरेको अनुभव लगायत प्रहरी संगठनको नीतिअनुरूप तोकिएको मापदण्डको आधारमा निष्पक्ष एवं पारदर्शी रूपमा बढुवा सिफारिस गरेको हो ।

बढुवा सिफारिस हुनेहरूमध्ये नेपाल प्रहरी अस्पताल चिकित्सकतर्फ १४ जना, सूचना प्रविधि कम्प्युटरतर्फ १ जना र सञ्चारतर्फ १ जना गरी जम्मा १६ जनालाई प्रहरी निरीक्षक पदबाट प्रहरी नायव उपरीक्षक पदमा बढुवाका लागि सिफारिस गरिएको छ । 

त्यसैगरी जनपद प्रहरी समूह प्रशासनतर्फ प्रहरी वरिष्ठ नायव निरीक्षक पदबाट प्रहरी निरीक्षक पदमा ६४ जनालाई सिफारिस गरिएको छ । साथै प्राविधिक प्रहरी समूहतर्फको सूचना प्रविधि/कम्प्यूटरतर्फ २ जना, स्वास्थ्य उप-समूह प्यारामेडिक्सतर्फ १ जना, नर्सिङतर्फ १ जना, ईन्जिनियरिङ उप-समूह अवास तथा भौतिक ईन्जिनियरिङतर्फ २ जना, सञ्चारतर्फ २ जना गरी जम्मा ८ जना प्रहरी वरिष्ठ नायव निरीक्षक पदबाट प्रहरी निरीक्षक पदमा बढुवा सिफारिस भएका छन् ।

त्यसैगरी जनपद समूहतर्फ जम्मा एक सय २२ जना प्रहरी नायव निरीक्षकहरू प्रहरी वरिष्ठ नायव निरीक्षक पदमा बढुवाका लागि सिफारीस भएका छन् भने प्राविधिक प्रहरी समूह ईन्जिनियरिङ उपसमूह आवास तथा भौतिक ईन्जिनियरिङतर्फ १ जना र सूचना प्रविधि/कम्प्यूटरतर्फ ६ जना गरी जम्मा ७ जना प्रहरी नायव निरीक्षक पदबाट प्रहरी वरीष्ठ नायव निरीक्षक पदमा बढुवा सिफारिस भएका छन् ।

त्यसैगरी प्राविधिक प्रहरी समूहकै प्रहरी सहायक निरीक्षक पदबाट प्रहरी नायव निरीक्षक पदमा स्वास्थ्य तर्फको प्यारामेडिक्समा १ जना, संगीततर्फ ६ जना, केनाईनतर्फ ७ जना र मेकानिकल ईन्जिनियरिङ तथा सवारीतर्फ २ जना, सूचना प्रविधि/कम्प्यूटरतर्फ ७ जना समेत गरी जम्मा २३ जना प्रहरी सहायक निरीक्षक पदबाट प्रहरी नायव निरीक्षक पदमा बढुवा सिफारिस भएका छन् ।

त्यसैगरी प्राविधिक प्रहरी समूह केनाईनतर्फ ५ जना र संगीततर्फ ७ जना गरी जम्मा १२ जना प्रहरी वरिष्ठ हवल्दार पदबाट प्रहरी सहायक निरीक्षक पदमा बढुवा सिफारिस भएका छन् । प्राविधिक प्रहरी समूहकै प्यारामेडिक्सतर्फ १३ जना, सवारीतर्फ १३ जना, सूचना प्रविधि/कम्प्युटरतर्फ ६ जना र हातहतियारतर्फको १ जना गरी जम्मा ३३ जना प्रहरी हवल्दार पदबाट प्रहरी वरिष्ठ हवल्दार पदमा बढुवाका लागि सिफारिस भएका छन् भने प्राविधिक प्रहरी समूहतर्फ आवास तथा भौतिक ईन्जिनियरिङतर्फ १ जना प्रहरी जवानबाट प्रहरी सहायक हवल्दार पदमा  सिफारिस भएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ