arrow

भारतद्वारा ‘एलओसी’मा थप सेना तैनाथ, पाकिस्तानी सेना पनि ‘हाई अलर्ट’मा

logo
प्रकाशित २०७३ कार्तिक ४ बिहिबार
bharat-tanab-sena.jpeg
काठमाडौं । भारत र पाकिस्तानबीचको तनाव अझैं सेलाएको छैन । भारतले फेरि पनि सिमा नियन्त्रण रेखा, एलओसीमा थप सेना तैनाथ गरेको पाकिस्तानी सिनेटर मुजाहिद हुसेनले बताएका छन् । 
 
विहीबार राजधानी इस्लामावादस्थित मिडियासँग कुरा गर्दै हुसेनले भारतले सीमा नियन्त्रण रेखामा थप सेना तैनाथसँगै जंगी टोलीसहितको विमान समेत राखेको बताए । भारत–पाकिस्तानबीच बढेको तनावलाई मध्यनजर गर्दै भारतले ‘एलओसी’मा आफ्नो सैनिक उपस्थिति बढाएको हुसेनको तर्क छ । 
 
सीमा नियन्त्रण रेखामा भारतले आफ्नो सैनिक उपस्थिति बढाएपछि पाकिस्तानी सेना पनि ‘हाई अलर्ट’ मा रहेको छ । सो क्षेत्रमा कुनै दुर्गती भएमा त्यसको पनि तत्काल जवाफ दिनेगरी आफ्नो सेना ‘हाई अलर्ट’मा बसेको हुसेनले सुनाए । 
  
सिनेटर हुसेनले भारतीय प्रधानमन्त्री मोदीले गोवामा आयोजित ‘ब्रिक्स’ सम्मेलनको क्रममा गरेको टिप्पणीको समेत भत्सर्ना गरेका छन् । प्रधानमन्त्रीले सो सम्मेलनमा पाकिस्तान आतंकवादको जननी भएको टिप्पणी गरेका थिए । 
 
भारतले सिमावर्ती क्षेत्र कास्मिरमा गरेको हमलालाई ‘सर्जिकल स्ट्राइक’ बताउँदै आएपनि उक्त कुराको भरातले पुष्टी गर्न बाँकी रहेको हुसेनले बताए ।-एजेन्सीको सहयोगमा 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ