arrow

एमाले अनेक गर्दै : विराटनगरमा जेष्ठ नागरिक महोत्सव

logo
कुमोद अधिकारी,
प्रकाशित २०७३ कार्तिक ४ बिहिबार
uml.jpg.jpeg
विराटनगर । जेष्ठ नागरिकलाई सम्मानित, मार्यादित एंव सहज जिवनयापनमा सहयोग पुर्‍याउने उद्देश्यले विराटनगरमा जेष्ठ नागरिक महोत्सव २०७३ को आयोजना हुने भएको छ । 
 
मनमोहन स्मिृति प्रतिष्ठानले २६ औं अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसको आवसरमा पारेर विराटनगरको जैन भवनमा कार्तिक ६ र ७ गते महोेत्सवका आयोजना गर्न लागेको हो । 
 
महोत्सवमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहाल पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल तथा विभिन्न राजनीतिक दलका नेता पूर्व मन्त्रीहरुको समेत सहभागिता रहने जनाइएको छ । 
 
प्रतिष्ठानले विराटनगरमा विहिबार पत्रकार सम्मेलनगरी महोत्सवमा १ नम्वर प्रदेशका ३ हजार ७ जना जेष्ठ नागरिकको सहभागिता रहने   प्रतिष्ठानका अध्यक्ष भरमोहन अधिकारीले बताए । सो अवसरमा १ सय वर्ष माथिका जेष्ठ नागरिकलाई सम्मान गरिने प्रतिष्ठानका अध्यक्ष अधिकारीले जानकारी दिए । 
 
१३ जिल्लाका जेष्ठ नागरिक सहभागि हुुने महोत्सवको राष्ट्रपति भण्डरीले उद्घाटन गर्ने कार्यक्रम छ । महोत्वसमा जेष्ठ नागरिकहरुको मनोन्जनका लागी ख्याती प्राप्त कलाकारले साँस्कृति कार्यक्रम गर्ने छन् भने सोही क्रममा जेष्ठ नागरिकको स्वास्थ्य परिक्षण समेत गरिने जनाइएको छ । पूर्व प्रधानमन्त्री मनमोहन अधिकारीको सम्झनामा प्रतिष्ठानले कार्यक्रमको आयोजना गर्न लागेको हो । यसअघि राजधानीमा जेष्ठ नागरिक महोत्वस सम्पन्न भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ