कपिलवस्तु । भारतीय पक्षले एकपक्षीयरुपमा बनाएका बाधका कारण कपिलवस्तुका दक्षिणी भेगका ५ गासिबसका १ हजार बढी काटने तयारी अवस्थामा रहेका धान खेत डुबानमा परेका छन् । भारतले पानी जम्मा गर्न सीमा क्षेत्रमा एकतर्फी रुपमा बनाएको ४ बाधहरुको फाटक बन्द गर्दा सो धान बाली डुवानमा परेको हो ।
गत असोजमा पटक पटक आएको बर्षा पछि भारतीय पक्षले निर्माण गरेको बझाहा, महलीसागर, सिसवा र मझौलीमा रहेको बाधको फाटक नखोले पछि दक्षिणी एक दर्जन गाबिसको काटने अवस्था रहेको धानबाली लगाईएको भु– भाग डुवानमा परेको हो । कृषि कार्यालय अनुसार चार बाधका कारण ५ गाबिसका १५ गाउमा लगाईएको ९ सय ४० हेक्टर बढी काटने अवस्थामा रहेको धानमा भारी क्षति पुगेका पुगेको छ । सबै भन्दा बढी बझाहा बाधका कारण ६ सय बढी हेक्टर धान खेत डुबानमा परेको हो ।
पिपराको तुल्सीडहवामा सय, गौरामा २ सय, बलहुवा गाबिसको सिसहनियामा ३५, बिजुवा गाबिसको १ देखि ६ वाडका २ सय ७५ हेक्टर धानबाली पानीमा चुर्लुम्म डुबेको छ । यस्तै तितिर्खी गाबिसको रजवापुरमा ६०, पकडीमा १ सय ५०, दरखसवामा ३०, रंगपुरको पुन्नीहवामा ६० र रतपुरमा ३० हेक्टर क्षेत्र डुबानमा परेको पीडीत कृषकहरु बताउछन् । अहिले खेतमा ५ फिट बढी पानी रहेको छ । डुवनकै कारण २०–२५ बर्ष यता कृषकले राम्ररी खेतीपाती स्याह्नै पाएका छैनन् ।
असोजको बर्षा पछि बाधको ढोका नखोलिादा ढेड दर्जन गाँउमा लगाईएको हजार बढी हेक्टर धानबाली पानीले डुेको पिपरा गाबिसको तुलस्हिडवाका जगदी यादवले बताए । ‘ पानीमा डुबेकोले काटने अवस्थामा रहेको धान ढलेको छ, ’ उनले दुःखी हुदै भने ‘ खेतको आली डुबेको छ, धानका बाला डुबेर उम्रेको छ । ’ केही दिन मै पानीको निकस नगरिए नेपाल तर्फका हजारौ कृषकले ठुलो क्षति ब्याहोर्नु पर्ने उनले बताए । सरसापट, बैंकबाट ऋण लिएर धान खेती गरका कृषकहरु धानको दुर्दसा देखेर निकै चिन्तित छन् ।
फाटक खोल्नका लागि आफुहरुले गेट खोल्ने गई कर्मचारीलाई रकम र अन्नपात दिनु पर्ने बाध्यता रहेको यादवले सुनाए । ‘ २ हजार भारतीय रुपैया, ५०-५० किलो धान र गुह दिनु पर्छ, कृषकहरुको मर्का सुनाउदै उनले भने, ‘ हरेक बर्ष दिने रकम र अन्नपात दिन तयार हुदा पनि गईले माथीको आदेश भन्दै फाटक खोल्न मानेन । ‘ पुरै धान सखाप हुने अवस्थामा पुगेको छ, तर समस्या समाधानकोलागि कसैले पहल गरेको छैन । ‘ बलुहबाका कृषक राजकिशोर पाण्डेयलले भने ‘ अब कसरी परिवारको गुजारा चलाउने । ’सीमा क्षेत्रको भारतीय भू–भागमा पर्ने बजहा बजारमा रहेको बजहा तालको बाधको ढोका बन्द गरिदा क्षेत्रमा रहेको ४७ नम्बरको सीमा स्तम्भ समेत पानीमा डुबेको छ ।
करिब ५ सय हेक्टर क्षेत्रफलमा फैलिएको बझाहा तालमा पानी जम्मा गरेर भारतले सिंचाई गर्ने गरेको छ । तालमा २८ बटा फलामका ढोका राखेर बाध बनाईएको छ । बझाहा क्षेत्रमा भारतले १० किलो मिटर क्षेत्र वरिपरि बाध बनाएको छ । २८ वटा बन्द गरिदा जमेको पानी निकास हुन पाएको छैन । सीमा क्षेत्रको उक्त ठाउ बाधका कारण बर्षेनी डुबानमा पर्दै आएको छ । धेरै पानी जम्मा गर्न तालको बन्धा बर्षेनी अग्लो बनाउदै आएका भारतीय अधिकारीले यस बर्ष धेरै अग्लो बनाएकाले डुबान क्षेत्र बढेको उनीहरुले बताएका छन् ।
सीमा क्षेत्रको बजहा तालले बर्षेनी नेपाली कृषकलाई पीडा दिदै अएकाले यसको दिर्घकालिन समाधान खोज्नु पर्ने कृषकहरुको माग छ । बाध पिडितहरुले बर्षा र गर्मी तालमा कति पानी राख्ने भनेर प्राबिधिकसंग सल्लाह गरी स्थानिय प्रशासनलाई दिनु पर्ने उनीहरुको भननाई छ । पिडितको मागलाई संबोधन गरी स्थानिय प्रशासनले भारतीय समकक्षीसंग कुरा राखेर मौषम अनुसारको समस्या समाधान गर्नु पर्ने कृषकहरु बताउछन् ।
कपिलवस्तुको सीमा क्षेत्रमा भारतले एकतर्फी रुपमा बनाएको सो बाधहरुका कारण कृषकहरु बर्षेनी डुबानको समस्या झेल्दै आएका छन् । ती बाधकाको ढोका भारतले आफूखुसी खोल्ने र बन्द गर्ने भएकाले भारतीय पक्षले निकै लाभ लिए पनि नेपाली कृषकहरुले भने निकै क्षति ब्योहोनू परेको कृाष्कहरु बताउतछन । ‘ पानी धेरै भयो भने बाधको ढोका बन्द गर्छन, कम भयो भयो सिंचाई सुबिधाका लागि बाध खोल्छन् ’ पिपराका कृषक जगदीश सिंह यादवलदुखी हुदै भने ‘ तर यस्को समाधानका लागि कसैले चासो लिदैनन् । ’ आफनो खेत बर्ष भरी नै बाझै भए पनि मालपोत भने उनीहरुले तिदै आएका छन् ।
उता स्थानीय प्रशासनले दुई देशको अधिकारी बिच हुने समन्वयात्मक बैठकमा हरेक पल्ट सो बाधहरुले पार्नै समस्याका कुरा उठाए पनि समाधान हुन सकेकोछैन । यसैबिच डुबान पीडीत ५० बढी कृषकले जमेको पानीको निकाशकालागि बाधको फाटक खोल्न पहल गर्न भन्दै प्रशासन कार्यालयमा ज्ञापन पत्र दिएका छन् । काटने अवस्थामा रहेको धान बालीमा पानी जम्मा धान बाली सडन लागेकोले समस्या समाधानकालागि पहल गर्न उनीहरुले माग गरेका हुन । प्रजिअ ईन्दु घिमिरेले कृषकहरुको समस्याका बिषयमा गृह मन्त्रालयमा जानकारी पठाईएको बताइृन । बाधको फाटक खोल्नकालागि भारतको सिद्धार्थनगरका डिएमसंग समन्वय गर्ने बताईन ।