arrow

महाभियोग दर्ताले देउवा आश्चर्यमा परे, भने–‘सबै साथीहरुको कुरा सुन्छु’

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक

logo
प्रकाशित २०७३ कार्तिक ४ बिहिबार
congress-party-office.jpg.jpeg
काठमाडौं । मुख्य सत्ता साझेदार कांग्रेसले अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्ध संसदमा दर्ता भएको महाभियोग प्रस्तावबारे पार्टीभित्र बहस सुरु गरेपनि आश्चर्य जाहेर गरेको छ ।
 
पार्टी केन्द्रीय कार्यालय सानेपामा विहिबार बेलुकी बसेको केन्द्रीय कार्यसमितिको बैठकमा पार्टी सभापति शेरबहादुर देउवाले आश्चर्य जनाएका हुन् । कांग्रेस सचेतक ईश्वरी न्यौपानेका अनुसार सभापति देउवाले यसबारे सबै सदस्यहरुको कुरा सुन्ने र त्यसपछि मात्रै धारणा तय गर्ने बताएका छन् । 
 
देउवाले सत्ता सहयात्री दलका अध्यक्ष पुष्पकमल दाहालले महाभियोग प्रस्ताव दर्ता भइसकेपछि राति १० बजे मात्रै आफुलाई जानकारी गराएको सुनाए, न्यौपानेले भनिन्, ‘दाहालले आफुलाई थाहै नदिई आफ्ना सांसदहरुले प्रस्ताव दर्ता गरेको र दर्ता भइसकेपछि आफुलाई जानकारी दिएको भनेर पार्टी सभापतिलाई सुनाउनु भएछ ।’ 
 
दाहालले १० बजे राति देउवालाई फोन गरेको कुरा उपप्रधानमन्त्री एवं गृहमन्त्री रहेका नेता विमलेन्द्र निधिलाई के भएको हो भनेर सोध्दा भनेका हुन् । निधिले दाहालले आफ्नो पार्टीका सांसदले एक्कासी किन गरे यस्तो भनेर आफुलाई नै थाहान नभएको सुनाएको जानकारी बैठकमा गराए । 
 
बैठकमा केन्द्रीय सदस्यहरु कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधि,  रामशरण महत, महेश आचार्य, गगनकुमार थापा, कल्याणकुमार गुरुङ, रामकृष्ण यादव र विश्वप्रकाश शर्माले, आ–आफ्नो धारणा राखे । उनीहरु मध्ये सिटौला र थापाले लोकमानले आफुलाई संविधानभन्दा माथि सम्झेर कार्य सम्पादन गरेको बताए । 
 
यस्तै, अन्य सदस्यहरुले हुटहुटीलाई राम्ररी बुझेर मात्रै धारणा तय गर्नुपर्ने बताए । उनीहरुले हिजो कार्कीलाई नियुक्त गर्दा ठूलो राजनीतिक भूल भएको भन्दै पछुतो माने । बैठकमा स्थानीय तह पुनःसंरचना, पार्टी संगठन, संविधान संशोधन र समसामयिक विषयमा छलफल भयो । बैठक शुक्रबार विहान ११ बजे फेरि बस्ने छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ