arrow

चितामा राख्न लागिएको शव प्रहरी नियन्त्रणमा

logo
प्रकाशित २०७३ कार्तिक ४ बिहिबार
Dead_Body.jpg.jpeg
धनगढी । मोहना नदी घाटमा अन्तिम संस्कारका लागि चितामा राख्न लागिएको एक शव बिहिबार प्रहरीले नियन्त्रणमा लिएको छ । 
 
जिल्ला प्रहरी कार्यालय कैलालीले हत्या गरिएको उजुरी आएपछि शव नियन्त्रणमा लिई परीक्षणका लागि सेती अञ्चल अस्पताल धनगढी पुर्‍याइएको जनाएको छ । धनगढी उपमहानगरपालिका–२ का अन्दाजी ४१ वर्षीय नारायण उपाध्याय बिहान घरको कोठामा मृत फेला परेका थिए । अन्तिम संस्कार गर्न शव मोहना नदी घाटमा पुर्‍याइँदा मृतकको मुख, नाक, कानबाट रगत बगेको देखिएपछि आफन्तले प्रहरीलाई उजुरी दिएका थिए । 
 
घटनाको अनुसन्धानका लागि मृतकका श्रीमती र सालालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक राजेन्द्र विष्टले जानकारी दिए । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ