arrow

काँग्रेसको नेतृत्वमा संविधान बन्यो, अब कार्यान्वयनको जिम्मा पनि काँग्रेसकै : सिटौला

logo
प्रकाशित २०७३ कार्तिक ४ बिहिबार
Sitaula.jpg.jpeg
काठमाडौं । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले अब काँग्रेस संविधान कार्यान्वयनको लागि नेतृत्वदायी भूमिकाकासाथ अघि बढ्नुपर्ने बताएका छन् । नेपाली काँग्रेसको काठमाडौंमा बसेको केन्द्रीय कार्य समितिको पहिलो दिनको बैठकमा बोल्दै नेता सिटौलाले काँग्रेसकै नेतृत्वमा संविधान जारी भएको भन्दै यसको कार्यान्वयनको लागि पनि काँग्रेसले नै नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने धारणा व्यक्त गरेका हुन् । चैत भित्र नै स्थानीय निकायको निर्वाचन गरेर मात्रै संविधान कार्यान्वयन गर्न सकिने पनि उनको धारणा थियो ।
 
फरक प्रसंगमा नेता सिटौलाले आउँदो निर्वाचनको लागि केन्द्रीत गरेर पार्टीले विशेष योजना ल्याएर कार्यकर्तालाई जिल्ला जिल्लामा खटाउन पार्टी नेतृत्व पंक्तिलाई सुझाव दिए । यसरी कार्यकर्ताहरूलाई सक्रिय बनाउन र बाँकी रहेका भातृ संस्थाहरूको निर्वाचन पनि समयमा नै गर्न पनि नेता सिटौलाले पार्टी नेतृत्वसँग माग गरेका छन् । 
 
अर्काेतर्फ संविधान संशोधनको प्रसंगमा सिटौलाले पारित हुनेगरी मात्रै संशोधन प्रस्ताव पेश गर्नुपर्ने धारणा व्यक्त गरे । ‘कसैको स्वार्थ पूरा गर्नको लागि मात्रै होईन कि संविधान संशोधन मुलुकको हित र पारित हुने खालको मात्रै ल्याउनु पर्छ ।’ िसटाैलालार्इ उद्यृत गर्दै केन्द्रीय सदस्य उमाकान्त चाैधरीले जानकारी िदए । 
 
अख्तियारका प्रमुख लोकमान सिंह कार्कीको महाभियोगको विषयमा कुरा गर्दै उनले सत्ता साझेदार दलहरूसँग पनि छलफल गरी पार्टीले गम्भीरताका साथ कदा चाल्नुपर्ने धारणा व्यक्त गरे । उनले भने ‘कुनैपनि व्यक्ति संविधान र कानून भन्दा माथि हुन नसक्ने भन्दै संविधान र कानून बाहिर गएर काम गरेको खण्डमा जो सुकै पनि कारबाहीको भागेदार बन्नुपर्छ ।’ 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ