arrow

‘जनताको आवश्यकताका आधारमा संविधान संशोधन’: वामदेव गौतम

logo
प्रकाशित २०७३ कार्तिक ४ बिहिबार
bamdev-gautem.jpg.jpeg
पाल्पा । नेकपा (एमाले)का उपाध्यक्ष वामदेव गौतमले नेपाली जनताको आवश्यकताका आधारमा मात्र संविधान संशोधन हुने बताएका छन् । 
 
एमाले पाल्पाद्वारा बिहिबार तानसेनमा आयोजित आठौँ जिल्ला अधिवेशनको उद्घाटन गर्दै नेता गौतमले एक वर्षअघि जारी भएको संविधान अधुरो र अपुरो हुनै नसक्ने जिकिर गरे। 
 
एमाले उपमहासचिव एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले एमालेको सहमतिबिना संविधान संशोधन हुन नसक्ने बताउँदै वर्तमान सरकारले विगतको सरकारले गरेका राम्रो काम उल्ट्याएको आरोप लगाए । 
 
एमालेका पोलिटब्युरो सदस्य दलबहादुर राना र वैजनाथ चौधरी, एमाले निर्वाचन कमिटीका अध्यक्ष सोमनाथ प्यासी, केन्द्रीय सदस्य सोमप्रसाद पाण्डेय र ठाकुर गैरेले पार्टीलाई एकताबद्ध बनाएर जानुपर्नेमा जोड दिए । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ