arrow

प्रेस युनियनको क्षेत्रीय भेलामा पुग्ने प्रतिनिधिलाई धनगढीमा भव्य स्वागत

logo
प्रकाशित २०७३ कार्तिक ४ बिहिबार
dhangadhi.jpeg
काठमाडौं । नेपाल प्रेस युनियनको क्षेत्रीय भेलाको लागि काठमाडौंबाट भएका प्रतिनिधिमण्डललाई धनगढी विमानस्थलमा भव्य स्वागत गरिएको छ । काठमाडौंबाट भएको नेपाली काँग्रेसका भातृसंस्थाका विभिन्न प्रतिनिधिहरूलाई धनगढी विमानस्थलमा स्थानीय नेता तथा कार्यकर्ताहरूले भव्य स्वागत गरेका थिए । 
 
नेपाल प्रेस युनियनका केन्द्रीय महासचिव अजयबाबु सिवाकोटी, नेपाल विद्यार्थी संघका केन्द्रीय अध्यक्ष नैनसिंह महर लगायतका प्रतिनिधि मण्डल बिहीबार धनगढी पुगेको हो । 
 
कैलालीको धनगढी स्थिति विमानस्थलमा पत्रकार विद्यार्थी नेता, विद्यार्थी र शुभेच्छुकले उनीहरुलाई खादा, माला र दोसल्ला ओढाएर सम्मान गरेका थिए । उक्तको टोली शुक्रबार डडेल्धुरामा युनियनको क्षेत्रीय भेलामा सम्बोधन गरेपछि कैलाली कञ्चनपुर, धनगढी लगायतका स्थानमा हुने विभिन्न कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ