arrow

स्वास्थ्य प्रमुख पौडेलमाथि यौन दुर्व्यवहारको उजुरी

logo
मणिप्रसाद गैह्रे, 
प्रकाशित २०८० साउन १५ सोमबार
358339057_842715860518258_1939828283835210499_n.jpg


कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिकाका दुई महिला स्वास्थ्यकर्मीलाई स्वास्थ्य केन्द्रका प्रमुख लेखनाथ पौडेलले यौन दुर्व्यवहार गरेको आरोप लगेको छ। 

गत शुक्रबार राति शिवराज नगरपालिकाले संचालन गरेको आधारभूत स्वास्थ्य केन्द्रमा प्रमुख लेखनाथ पौडेल र उनका साथी सोही नगरपालिका वडा नम्बर ३ का भुवन पाण्डेयले ती दुई महिला स्वास्थ्यकर्मीमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेको हो ।

रात्रि डिउटीमा खटिएका ती महिला कर्मचारीलाई पौडेल र पाण्डेयले मदिरा सेवन गरी शुक्रबार राति १ बजे यौन दुर्व्यवहार गरेको भन्दै महिला कर्मचारीहरुले उजुरी दिएका छन्। 

पौडेल र पाण्डेयले महिला कर्मचारीलाई ‘कपडा खोल, यहाँ सुत’ लगायतका बोल्दै अभद्र ब्यवहार गरेका थिए । प्रमुख पौडेलविरुद्ध महिला कर्मचारीहरुले शिवराज नगरपालिकामा लिखित उजुरी दिएको प्रमुख प्रशाकीय अधिकृत राकेश पाण्डेले बताए । महिला कर्मचारीहरुले दुर्व्यवहार, अपशब्द प्रयोग गरिएको, सुरक्षा र न्यायकालागि पौडेलबिरुद्ध उजुरी दिएका छन् । 

आरोपित पौडेल र पाण्डेय सम्पर्कविहीन रहेका छन् । मेयर अजय थापाले सत्यतथ्य छानबिन गरी दोषीलाई कानूनी दायरामा ल्याउने प्रतिबद्धता ब्यक्त गरेका छन् । 

उनले घटनासँग नाम जोडिएका स्वास्थ्यकर्मीलाई तत्काल जिम्मेवारीबाट हटाइ अनुसन्धान कार्यलाई अघि बढाइएको बताए । ‘महिलामाथि हुने कुनै पनि प्रकारका हिंसा सह्य छैन’, उनले भने । घटनापछि पीडित महिला कर्मचारीहरु मानसिक तनावमा छन् ।

वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक शेखरजंग मल्लले आइतबार साँझ पौडल र  पाण्डेयमाथि जबरजस्ती करणी उद्योगको मुद्दा दर्ता भएको जानकारी दिए । 

आइतबार साँझ पीडित महिला कर्मचारीहरुले ती दुईमाथि जाहेरी दिएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ