arrow

राष्ट्र र राष्ट्रिय एकता अहिलेको महत्त्वपूर्ण आवश्यकता : देउवा

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन १६ मंगलबार
deuba-2080-02-13.jpg

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान समयको महत्त्वपूर्ण आवश्यकता भनेको राष्ट्र र राष्ट्रिय एकता भएको बताएका छन्  ।

नेपाली कांग्रेस नुवाकोट क्षेत्र नं १ ले खीर खाने दिनको उपलक्ष्यमा सोमबार आयोजना गरेको ‘चियापान तथा भेटघाट’ कार्यक्रममा उनले अहिलेको आवश्यकता राष्ट्रिय एकता र राष्ट्रको सार्वभौम सत्ता भएको बताएका हुन् । 

“राष्ट्र र राष्ट्रिय एकतालाई स्थायी बनाउनु सबै राजनीतिक दलको कर्तव्य हो”, उनले भने । सभापति देउवाले अहिले देशको आवश्यकता भनेको संविधानअनुसार सबै पार्टीबीचमा एउटा सहमति गरेर अगाडि बढ्नु भएको बताए । 

संविधानलाई स्थायीरूपमा अगाडि बढाउन हाम्रा कमी कमजोरी सुधार गर्नुपर्ने प्रशस्त ठाउँहरू भएको उनको भनाइ थियो । 

“अहिलेको महत्त्वपूर्ण कुरा राष्ट्र र राष्ट्रिय एकता हो, राष्ट्रको सार्वभौम सत्ता हो । यसलाई स्थायी बनाउने हाम्रो कर्तव्य हो, यसमा हामी सबै लाग्नुपर्छ”, सभापति देउवाले भने । सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई स्थायी रूपमा सुदृढ गर्नुपर्ने उनको भनाइ थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ