arrow

मिसावट गर्दै गर्दा रंगेहात पम्प सञ्चालक पक्राउ

logo
प्रकाशित २०७३ कार्तिक ५ शुक्रबार
petrol-pump.jpeg
गौशाला । महोत्तरी प्रहरीले जिल्लाको गौशाला नगरपालिका–७ स्थित एक पेट्रोल पम्प सञ्चालकलाई पेट्रोल पम्पमै पेट्रोल ट्याङ्कीमै मट्टितेल मिसाउँदै गरेको अवस्थामा पक्राउ गरेको छ । 
 
पक्राऊ पर्नेमा गौशाला–७ जिरोमाइल चौकमा अवस्थित जनक आयल स्टोर्सका सञ्चालक जनकबहादुर श्रेष्ठका छोरा नवीन कुमार श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । 
 
प्रहरी उपरीक्षक जनक भट्टराईका अनुसार पेट्रोल पम्प सञ्चालक श्रेष्ठका छोरा नवीनले पम्पमै रहेको पेट्रोलको ट्याङ्कीमा बाहिरबाट ल्याएको फलामको ड्रमबाट तीनसय लिटर मट्टितेल मिसावट गर्दागर्दैको अवस्थामा उनलाई प्रहरीले पक्राउ गरेको छ । 
 
पक्राउ गरिएका पम्प सञ्चालकका छोरा श्रेष्ठलाई प्रहरीले आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय महोत्तरीमा ल्याएको छ भने उनीमाथि कालोबजारी मुद्दा लगाउने तयारी भइरहेको कार्यालयले जनाएको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ