arrow

वीरगन्ज नाकाबाट वाहन आयातमा चार अर्ब बढी राजश्व संकलन

logo
बिजय चौहान,
प्रकाशित २०७३ कार्तिक ५ शुक्रबार
birjung.jpg.jpeg
वीरगन्ज। नेपालको मुख्य प्रवेशद्वार वीरगन्ज नाकाबाट दुई पाङ्गरे तथा चार पाङ्गरे वाहन आयात उल्लेख्य मात्रामा वृद्धी भएका छ । मधेस केन्द्रित दलको नाका केन्द्रित आन्दोलनको क्रममा अन्यत नाकाबाट करोवार गर्दै आएका आयातकर्ता पुनः वीरगन्ज नाकाबाट कारोवार गर्न थालेपछि वाहन आयात बढेको हो । 
 
चालु आर्थिक वर्ष २०७३-०७४को असोज महिनाको ३० दिनमा मात्र वीरगन्ज नाकाबाट दुई अर्ब ५८ करोड २१ लाख रुपैयाँ मुल्य बारबरको एक हजार दुई सय ६८ थान जिप, कार, भ्यान र १३ हजार पाँच सय ७९ थान  विभिन्न सिसिका मोटरसाइकल आयात भएको  वीरगन्ज भन्सार कार्यालयका प्रमुख सेवन्त पोखरेलले जानकारी दिएका छन् । उनले आयात गरिएको दुई पाङ्गरे तथा चार पाङ्गरे वाहनबाट मात्र वीरगन्ज भन्सार कार्यालयले चार अर्ब ६४ करोड ७६ लाख २० हजार रुपैयाँ राजश्व संकलग गरिएको बताए । वाहन आयातबाट संकलन गरिएको राजश्व असोज महिनाको कुल संकलित राजश्वको ४८ प्रतिशत रहेको भन्सार प्रमुख पोखलेको भनाई रहेको छ।
 
उनले दिएको जानकारी अनुसार चालु आर्थिक वर्षको असोज महिनाका लागि भन्सार विभागले वीरगन्ज भन्सारलाई आठ अर्ब ५८ करोड ४१ लाख २५ हजार रुपैयाँ राजश्व संकलनको लक्ष्य दिएकोमा भन्सार कार्यालयले नौं अर्ब ५१ करोड ६ लाख ७७ हजार रुपैयाँ राजश्व संकलन गरेको  छ। संकलित राजश्व लक्ष्य भन्दा करिब ११ प्रतिशत बढी अर्थात लक्ष्य भन्दा ९२ करोड ६५ लाख ५२ हजार बढी अर्थात भन्सार प्रमुख पोखरेलले जानकारी दिए । 
 
वाहन आयातमा आएको वृद्धीले वीरगन्ज भन्सार कार्यालयको मासिक लक्ष्यलाई पुरागर्न मद्दत पुर्‍याउनुको साथै राष्ट्रिय ढुकुटीमा समेत ठुलो ठेवा पुर्‍याएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ