arrow

अधिवक्ता शीतललाई कारबाही माग गर्दै प्रहरी परिसरमै ढुंगामुढा [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन १७ बुधबार
agitation-2080-04-17 (13).jpg

काठमाडौँ । अधिवक्ता भगवती पाण्डे ‘शीतल’लाई कारबाही गर्न दबाब दिँदै तामाङ कलाकारले जिल्ला प्रहरी परिसर टेकुमा विरोध प्रदर्शन गरेका छन् । सो क्रममा उनीहरुले परिसर कार्यालय नै घेरेर तोडफोडसमेत गरेका छन् । 

सो क्रममा प्रहरीले स्थिति नियन्त्रणमा लिन अश्रुग्याससमेत प्रहार गरेको थियो । प्रहरीले केहीलाई नियन्त्रणमा लिएको छ । 

आङकाजी शेर्पाको नेतृत्त्वमा गएको समूहले प्रहरी कार्यालयमाथि ढुंगामुढा प्रहार गरेको प्रहरीले जनाएको छ । प्रदर्शनकारीको ढुंगा लागेर केही प्रहरी तथा प्रतिकारमा केही आन्दोलनकारी घाइते भएका छन् । 

केही दिनअघि एक टेलिभिजन कार्यक्रममा पाण्डेले तामाङ र मगर समुदायमा दाजुभाइबीच विवाह हुने र त्यसैबाट आपराधिक गतिविधि बढ्ने धारणा राखेकी थिइन् । 

उनीविरुद्ध उजुरी परेपछि उनलाई पक्राउ गर्ने दबाब थियो । सो क्रममा उनी आजै बिहान पक्राउ परेकी थिइन् । 


उनले बोलेको शब्द गलत भएको भन्दै सम्बनिधत समुदाय आक्रोशित भएको हो । 

केही सांसदलेसमेत संसदमै यो विषय उठाएका थिए । सोही विषयलाई लिएर जिल्ला प्रहरी परिसरमै आक्रामण भएको हो । 

agitation-2080-04-17 (1).jpg
agitation-2080-04-17 (2).jpg
agitation-2080-04-17 (3).jpg
agitation-2080-04-17 (4).jpg
agitation-2080-04-17 (5).jpg
agitation-2080-04-17 (6).jpg
agitation-2080-04-17 (7).JPG
agitation-2080-04-17 (8).JPG
agitation-2080-04-17 (9).JPG
agitation-2080-04-17 (10).JPG
agitation-2080-04-17 (11).JPG
agitation-2080-04-17 (12).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ