arrow

काँचो स्याउ रोक्न सिफारिस अनिवार्य

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन १८ बिहिबार
apple3.jpg
तस्वीर फाइल

जुम्ला । यो याममा जुम्लाको काँचो स्याउ बजारमा गएपछि जिल्लाका सरोकारवाला निकायले रोकथाममा चासो देखाएका छन् । 

आज बसेको स्थानीय तहका प्रमुख, स्याउ किसान, स्थानीय व्यापारी, विषयगत कार्यालयका प्रमुखलगायतको सर्वदलीय बैठकले स्याउ परिपक्व भएपछि मात्रै बजारमा लैजाने निर्णय गरेको छ । 

व्यापारीले स्याउ खरिद गर्दा कृषि विकास कार्यालयको सिफारिस अनिवार्य गरिएको जिसस प्रमुख गौरीनन्द आर्चायले जानकारी दिए । 

जिल्लाका केही स्थानीय तहको काँचो स्याउ साउनको पहिलो सातामै सुर्खेतमा पुगेपछि जिल्लाको स्याउको गुणस्तरीयतामा प्रश्न उठेको थियो । 

स्याउ राम्रोसँग परिपक्व भएपछि मात्रै टिप्न यहाँका आठवटै स्थानीय तहलाई निर्देशन दिएको जिसस प्रमुख आर्चायको भनाइ छ । 

उनका अनुसार काँचो स्याउको बिक्रीलाई रोक्न सिफारिस बिनै निर्यात गर्न नपाइने निर्णय भएको छ । 

जिल्लाको काँचो स्याउ धमाधम बिक्री भएपछि स्थानीयवासीले सामाजिक सञ्जालमा व्यापक विरोध पनि गरेका छन् । 

तिला गाउँपालिकाको वडा नम्बर १ को काँचो स्याउ स्थानीय व्यापारीले खरिद गर्न लागेको स्याउ रोक्न लगाएको तिला गाउँपालिकाका उपाध्यक्ष गोरीकला बुढाले जानकारी दिए ।

पूर्णरुपमा पाकेको, परिक्व भएको, रङ, गुलियो भरिएको स्याउ कृषि प्राविधि, कृषि कार्यालयको सिफारिसका आधारमा मात्र स्याउ निर्यात गर्ने निर्णय भएको कृषि विकास कार्यालय जुम्लाका सूचना अधिकारी शेरबहादुर भण्डारीले बताए । 

काँचो स्याउलाई बजारमा जान नदिन सार्वजनिक सूचनासमेत जारी गरिने भएको छ । 

काँचो स्याउ बजारमा ल्याउने व्यापारीलाई कानुनअनुसार कार्वाही गरिने तिला गाउँपालिका अध्यक्ष मोतीलाल रोकायाले जानकारी दिए । 

जिल्लामा अहिले करिब चार हजार दुई सय ५० हेक्टरमा स्याउ खेती भइरहेको कृषि विकास कार्यालय जुम्लाले जनाएको छ ।



नयाँ