arrow

अदालतको आदेशसँगै एन्फाको निर्वाचन कात्तिक ८ मा नै हुने निश्चित

logo
प्रकाशित २०७३ कार्तिक ५ शुक्रबार
patan-court.jpeg
काठमाडौ । यही कात्तिक ८ गते हुने भनिएको अखिल नेपाल फुटबल संघ (एन्फा) को चुनाव रोक्न आन्तरिम आदेश माग गरि दिइएको निवेदन उच्च अदालत पाटनको सयुक्त इजालासले खारेज गरेको छ । यससगै कात्तिक ८ गते अध्यक्ष र उपाध्यक्षको बाँकी कार्यकालको लागि हुने चुनाव निश्चित भएको छ । अदालतले यस अघि दिएको आन्तरिम आदेशलाई समेत निरन्तरता दिनु नपर्ने बताएको छ ।
 
भ्रष्टचार आरोप लागेर प्रतिबन्धमा परेका तत्कालिन अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष गणेश थापा र ललितकृष्ण श्रेष्ठको निधन भएर खाली भएको अध्यक्ष र उपाध्यक्षको चुवाव हुने नहुने निश्चित हुन सकेको थिएन ।
चुनाव रोक्न आन्तरिम आदेश माग सहित बिनोद केसी र लोकबहादुर साहीले उच्च अदालतमा निवेदन दिएका थिए । उनीहरुको तर्फबाट बरिष्ठ अधिबक्ता बिष्णु प्रसाद भट्टराईले बहस गर्नु भएको थियो भने बिपक्षी तर्फबाट बरिष्ठ अधिबक्ता उपेन्द्र केशरी न्यौपाने तथा अधिबक्ताहरु हिरा रेग्मी, सुमन कुमार केसी, ओम थपलिया, लगायतले बहस गरेका थिए ।
 
न्यायाधीशहरु डिल्लीराज आचार्य र भिम कुमार ओझाको सयुक्त इजलाशले बिधान बिपरित हुने गरि निर्वाचन प्रकृया सार्वजनिक भएको नदेखिएकोले निर्वाचन रोक्न आन्तरिम आदेश जारी गर्नु पर्ने कारण नदेखिएको फैशलामा भनिएको छ । अध्यक्षको लागि कर्माछिरिङ शेर्पा तथा नरेन्द्र श्रेष्ठले उम्मेदवारी दिएका छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ