arrow

कपिलवस्तुमा पाँच वर्षे जुम्ल्याहा डुबेको अवस्थामा मृत फेला 

logo
मणिप्रसाद गैह्रे, 
प्रकाशित २०८० साउन २४ बुधबार
Kapilvastui-hamrakura.jpg.jpeg

कपिलवस्तु ।  कृष्णनगर नगरपालिका ५ बगहीमा  एकै परिवारका दुई दाजुभाइ मृत अवस्थामा फेला परेका छन् । 

मङ्गलबारदेखि हराएका वर्ष ५ का जुम्ल्याहा दाजुभाइ राजन यादव र  साजन यादवको शव घर नजिकैको पोखरीमा फेला परेको  प्रहरीले  जनाएको छ ।

प्रहरीलाई घरबाट हराएको भनी राति ९ बजे जानकारी भए पनि दुवै दाजुभाइको शव बुधबार बिहान मात्र भेटिएको थियो ।  

माटो निकालेर पानी जमेको खाडलमा दाजुभाइको शव फेला परेको प्रहरीले जनाएको छ । 

दुवै शवलाई बहादुरगंजस्थित शिवराज अस्पतालमा पोस्टमार्टम गरि परिवारलाई बुझाइएको छ भने घटनाको विषयमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय कृष्णनगरले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ