arrow

ब्रेक सुसहित १५५ किलो सुन २५ दिनपछि सुनमात्रै ६० केजी ७७९ ग्राम

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन २९ सोमबार
100kg-gold-60kg.jpg

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय बाहिरबाट गत साउन ३ गते बरामद सुनको तौल करीब ६० किलो मात्र रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

बरामद ब्रेक सु भित्रको सुन निकाल्दा सुनको परिमाण ६० केजी ७७९ ग्राम रहेको पाइएको नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले जनाएको छ ।

चिनियाँ तस्करले हङकङबाट ब्रेक सुमा राखेर ल्याएको सुन राजस्व अनुसन्धान विभागले सिनामंगलबाट बरामद गरेको थियो। राष्ट्र बैंकको टक्सार विभागले सोमबार ब्रेक सुको सुन जोखेको थियो। 

बरामद गरेको २५ दिनपछि सुनको तौल लिइएको हो। जबकि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जाँचपास भई ट्याक्सीमा राखेर बाहिर लैजान लाग्दा साउन ३ गते बरामद गरिएको सुन साउन ४ गते ढुकुटीमा राखिएको थियो । 

सुनलाई मुचुल्का उठाएर बबरमहलस्थित राष्ट्र बैंकको मुद्रण व्यवस्थापन विभाग मातहतको टक्सार महाशाखाको ढुकुटीमा राखिएको थियो ।

ढकुटीमा राख्नुअघि सुनको तौल लिइएको थियो । राजस्व अनुसन्धान विभागले लाहाछापा लगाएर ल्याएका आठ पोकाको तौल १५५ किलो ४६८ ग्राम रहेको राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभाग अन्तर्गतको टक्सार महाशाखाका निर्देशक थानेश्वर आचार्यले बताएका थिए ।

तर ब्रके सु निकालेर २५ दिनपछि जोख्दा भने ६० किलोमात्र रहेको हो । बेरिएको कपडा, कार्टुन, ब्रेक सुसहित १५५ किलो थियो । यसअघि भने करिब सय किलो हुन सक्ने आँकलन गरिएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ