arrow

नेपाल प्रहरीको सरुवा, बढुवा र पदस्थापनमा मापदण्ड लागू

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन ३० मंगलबार
nepal-police-logo.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । नेपाल प्रहरीको सरुवा, बढुवा र पदस्थापनमा कार्यक्षमता, अनुभव र सेवा विशिष्टीकरण अनुकूलको मापदण्ड लागू भएको छ । प्रहरी प्रधान कार्यालयले ‘प्रहरी कर्मचारीको सरुवासम्बन्धी मापदण्ड, २०७९’ अनुसार प्रहरी निरीक्षकको सरुवा गरेको छ । 

तालिमपश्चात ‘पासआउट’ भएका नयाँ तथा पुराना गरी नौ सय ५८ प्रहरी निरीक्षकको कार्यालय प्रमुख एवं सहायक दरबन्दीतर्फ सरुवा भएको छ । त्यस्तै ६४ प्रहरी निरीक्षकको बढुवा र पदस्थापन भएको छ । 

मापदण्डमा प्रहरी निरीक्षक प्रमुख हुने कार्यालयलाई जनघनत्व, यातायातको पहुँच, आपराधिक घटनाको सङ्ख्या, भौगोलिक अवस्थितिलगायत आधारमा तीन श्रेणीमा वर्गीकरण गरिएको छ । ‘क’ र ‘ख’ श्रेणीका कार्यालयमा ज्येष्ठता एवं कार्यसम्पादनस्तरसमेतका आधारमा नदोहोरिने र आलोपालो हुने गरी कार्यालय प्रमुखको अवसर प्रदान गरिएको छ । 

पहिलोपटक कार्यालय प्रमुखको अवसर प्राप्त गर्नेलाई अनिवार्यरुपमा ‘ख’ र ‘ग’ श्रेणीका कार्यालयमा मात्र सरुवा गरिएको छ । यसअघि नै काज सरुवामा मापदण्ड प्रतिकूल हुने गरी कार्यालय प्रमुखको रुपमा गएका प्रहरी निरीक्षकलाई फिर्ता बोलाइ मापदण्डबमोजिम कार्यालय प्रमुख वा सहायक दरबन्दीमा सरुवा गरिएको छ ।

श्रेणी छुट्याएर मापदण्डअनुसार सरुवा, बढुवा र पदस्थापन हुन थालेपछि कुनै पनि दबाब र प्रभावको अर्थ नहुने गृह मन्त्रालयले जनाएको छ । पहुँचवालाले लगातार अवसर पाइरहने र पहुँच नहुने अवसरबाट वञ्चित हुनुपर्ने अवस्था अन्त्यका लागि मन्त्रालयले उक्त मापदण्ड बनाएको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ