arrow

प्रहरीको हेरफेर रोकिएन, एसएसपीको पनि सरुवा

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ ४ सोमबार
nepal-police-logo.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । नेपाल प्रहरीमा सरुवाको श्रृंखला अझै रोकिएको छैन । पाँच एआईजीको सरुवा भएपछि शान्त हुने अनुमान विपरीत आज फेरि एसएसपीहरुको सरुवा भएको हो । 

जसअनुसार काठमाडौँ प्रहरी परिसर र उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख फेरिएका हुन् । गृह मन्त्रालयले काठमाडौँ प्रहरी परिसरका वरिष्ठ उपरीक्षक एसएसपी दानबहादुर कार्की र अपराध अनुसन्धान कार्यालयका एसएसपी मनोज केसीलाई सरुवा गरेको हो ।

कार्कीलाई प्रहरी महानिरीक्षकको सचिवालय सरुवा गरिएको छ । त्यहाँ कार्यरत एसएसपी भुपेन्द्र खत्रीलाई काठमाडौँ प्रहरीको जिम्मेवारी दिएको छ ।

मनोज केसीलाई प्रहरी प्रधान कार्यालय तानेर उनको ठाउँमा एसएसपी सोमेन्द्र सिंह राठौरलाई पठाइएको छ । अर्का एसएसपी सानुराम भट्टराईलाई सुरक्षा परिषद् सरुवा गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ