arrow

कपिलवस्तुको वनमा भेटियो मानव कङ्काल

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ ८ शुक्रबार
Kapilvastui-hamrakura.jpg.jpeg

कपिलवस्तु ।  कपिलवस्तुको वाणगङ्गा नगरपालिकामा रहेको बागेश्वरी सामुदायिक वनमा मानव कङ्काल फेला परेको छ । 

वन क्षेत्रभित्र मानव अस्थिपञ्जर तथा साथमा चप्पल पनि समेत फेला परेको इलाका प्रहरी कार्यालय कोपवाका प्रहरी नायब निरीक्षक प्रवीन कार्कीले जानकारी दिए ।

उनले वनभित्र भेटिएको कङ्कालबारे अनुसन्धान भइरहेको बताए । 

वाणगङ्गा नगरपालिका–६ को वन छेउका स्थानीयवासीले च्याउ खोज्न जाँदा मानव कङ्काल फेला पारेपछि प्रहरीलाई जानकारी गराएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ