arrow

संसदीय समितिमा रास्वपाका पनि उम्मेदवार, उद्योगमा पराजुली 

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ १० आइतबार
ganesh-parajuli-kathmandu-7-rsp-mp-2079-2022.jpg

काठमाडौं, १० भदौ । प्रतिनिधि सभा अन्तर्गतका १० वटा विषयगत समितिको सभापतिका चयनका लागि हुने निर्वाचनको आइतबार मनोनयन गर्दा प्रक्रिया चलिरहेको छ । आइतबार बिहान १० देखि अपरान्ह ४ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ । 

जसअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता समितिको सभापतिमा गणेश पराजुलीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । 

समिति सभापतिमा सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी दल एमालेबीच भागबन्डा भएको छ । उनीहरुका उम्मेदवारविरुद्ध रास्वपाले उम्मेदवारी दिने भएको हो । 

सत्ता गठबन्धन र प्रमुख विपक्षीबीच भएको भागबन्डामा उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता समितिको सभापति जनमत पार्टीको भागमा परेको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ