arrow

बलात्कार मुद्धाको पेशी सरेसँगै एसिया कप खेल्न गए सन्दीप [फोटोफिचरसहित]

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ ११ सोमबार
sandeep-lamichhane-2080-05-.jpg

काठमाडौँ । गत वर्षको भदौदेखि बलात्कारको आरोप खेपिरहेका राष्ट्रिय टिमका क्रिकेट खेलाडी सन्दीप लामिछाने पेशी सरेसँगै एसिया कप क्रिकेट खेल्ने पाकिस्तान गएका छन् । 

उनको हिजो काठमाडौँ जिल्ला अदालतमा पेशी रहेको थियो । तर न्यायाधीश प्रकाशकुमार पण्डितको इजलासमा परेको मुद्दा हेर्न नभ्याइनेमा राखिएसँगै मुद्दा लम्बिएको छ । 

अर्को पेशी भदौ २१ गतेलाई तोकिएको छ । सोसँगै बुधबारदेखि पाकिस्तान र श्रीलंकाको संयुक्त आयोजनामा हुने एसिया कप क्रिकेट खेल्न सन्दीप आज पाकिस्तान गएका हुन् । 

आज बिहान उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाई गर्न  राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङ पुगेका थिए । 

सो क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले एसिया कपमा सम्पूर्ण नेपालीहरुको भरोसा क्रिकेटर लामिछानेमाथि रहेको बताए । उनले सन्दीपको उपस्थितिसँगै टिम पूर्ण रुपमा बलियो बनेको तर्क गरे । 

तर सदस्यसचिव घिसिङले सन्दीपको बलात्कार मुद्धाबारे भने केही भनेनन् । 

सन्दीपले भने टिम लयमा रहेको भन्दै आफू पाकिस्तान र भारतसँग खेल्न तयार रहेको बताए । 

समूह ए मा रहेको नेपालले बुधबार पाकिस्तानसँग पाकिस्तानमा र आउँदो सोमबार भारतसँग श्रीलंकामा खेल्दैछ । नेपालले पहिलो पटक एसिया कप खेल्दै गर्दा उत्साह पालेको छ । 

पाकिस्तान अहिले विश्व नम्बर एक टिम हो भने भारत विश्व नम्बर तीन टिम हो । नेपालले दुवै देशलाई हराउने भन्दा पनि गतिलो अनुभव बटुलेर आउने अपेक्षा गरिएको छ । 

दोस्रो समूहमा अफगानिस्तान, बंगलादेश र श्रीलंका रहेका छन् । 

पीडितलाई झन् पीडा ? 

बलात्कार आरोपको मुद्धा खेपिरहेका सन्दीप लामिछाने विरुद्धको मुद्धामा आइतबारको पेशी पनि स्थगित भएसँगै अब २१ गतेका लागि सरेको छ । सन्दीप एसिया कप खेलेर २१ गते अदालतमा हाजिर हुनेछन् । 

न्यायाधीश प्रकाशकुमार पण्डितको इजलासमा परेको मुद्दा हेर्न नभ्याइनेमा राखिएसँगै यो मुद्धाको छिनोफानो लम्बिएको हो । 

एक वर्षदेखिको यो मुद्धा सरिरहँदा पीडितले भने थप पीडा भोग्नुपरेको छ । सन्दीपमाथि जबरजस्ती करणीको मुद्धा चलिरहेको छ । 

यसअघि उनले सहुलियत पाउँदै आएका छन् । उनलाई क्रिकेट खेल्नका लागि अदालतले विदेश जाने छुट दिएको थियो । सर्वोच्च अदालतकी न्यायाधीश सपना मल्ल प्रधानले विदेश जाने छुट दिएकी थिइन् । 

तर अहिलेसम्म उनको मुद्धाको छिनोफानो भएको छैन । पीडित युवती भने अस्वस्थ्य रहेकोसमेत बताइएको छ । 

यसअघि साउन ३२ गते सुनुवाइ भएको थियो । उक्त दिन काठमाडौँ जिल्ला अदालतका न्यायाधीश राजुकुमार खतिवडाको इजलासले पीडित किशोरीकी आमाको जन्म मिति प्रमाणीकरण गर्न आदेश दिएको थियो । 

१८ वर्षभन्दा कम उमेरकी किशोरीमाथि करणी गरेको कसुरमा सन्दीपलाई १२ वर्ष कैद सजायको माग दाबी गरिएको छ । सन्दीपविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद १८ को करणीसम्बन्धी कसुरको दफा २१९ को उपदफा (३) को देहाय (घ) अन्तर्गतको कसुर गरेको अभियोग लगाइएको छ । 

उक्त कसुरअन्तर्गत १६ वर्षभन्दा बढी १८ वर्षभन्दा कम उमेरकी महिलालाई करणी गरेमा १० देखि १२ वर्षसम्म कैद सजाय हुने व्यवस्था छ । 

पीडित किशोरीले गत वर्षको भदौ २१ गते प्रहरी वृत्त गौशालामा सन्दीपले बलात्कार गरेको भन्दै जाहेरी दिएकी थिइन् । 

उनले भदौ ५ गते होटलमा लगेर सन्दीपले बलात्कार गरेको दाबी अभियोगपत्रमा बताएकी थिइन् । 

अर्को दिन विदेशमा खेल्न गएका सन्दीपलाई भदौ २३ गते पक्राउ पुर्जी जारी गरिएको भए पनि असोज २१ गतेमात्र स्वदेश फर्केका थिए । 

sandeep-lamichhane-2080-05-11 (1).jpg
sandeep-lamichhane-2080-05-11 (2).jpg
sandeep-lamichhane-2080-05-11 (3).jpg
sandeep-lamichhane-2080-05-11 (4).jpg
sandeep-lamichhane-2080-05-11 (5).jpg
sandeep-lamichhane-2080-05-11 (6).jpg
sandeep-lamichhane-2080-05-11 (7).jpg
sandeep-lamichhane-2080-05-11 (8).jpg
sandeep-lamichhane-2080-05-11 (9).jpg
sandeep-lamichhane-2080-05-11 (10).jpg
sandeep-lamichhane-2080-05-11 (11).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ