arrow

समितिका सभापतिले यसरी लिए शपथ [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ ११ सोमबार
samiti-savapati.jpg

काठमाडौं । दश वटा संसदीय समितिका सभापतिले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले निर्वाचित सभापतिले पद तथा गोपनीयताको शपथ गराएका हुन् । 

 संसदीय समिति अन्तर्गत अर्थ समितिको सभापतिमा नेपाली कांग्रेसका सन्तोष चालिसे, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सभापतिमा जनता समाजवादीका राजकिशोर यादव, कानून, न्याय तथा मानवअधिकार समितिको सभापतिमा नेकपा (माओवादी केन्द्र) का विमला सुवेदी, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा कांग्रेसकी आरजू राणा देउवाले शपथ लिएका हुन् । 

यस्तै, शपथ लिनेमा महिला तथा सामाजिक मामिला समितिको सभापतिमा किरणकुमार साह र राज्य व्यवस्था तथा सुशासन समितिमा रामहरि खतिवडा, पूर्वाधार विकास समितिको सभापतिमा राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपकबहादुर सिंह, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा नेकपा एकीकृत समाजवादीका भानुभक्त जोशी, सार्वजनिक लेखा समितिको सभापतिमा नेकपा एमालेका ऋषिकेश पोखरेल र उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिमा अब्दुल खान छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ